खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् ।
झापाको विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप...
झापाको विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप...
मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ ।
रायायनिक मलको विकल्पमा बायोडायनामिक जैविक मल उद्योग स्थापना गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९, मरेतरास्थित गौ संरक्षण केन्द्रले उक्त उद्योग स्थापना गरेको हो । स्वस्थ कृषि उत्पादनका लागि स्वस्थ प्राङ्गारिक मल हुनुपर्ने भएकाले रासायनिक मलको विकल्पमा उद्योग स्थापना गरिएको गौ संरक्षण केन्द्रका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो । रासायनिक मलको अभाव हुने, खरिदमा ठुलो रकम बिदेसिने भएकाले त्यसको विकल्पका रूपमा जैविक मल प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । लम्सालका अनुसार तीन लाख रुपियाँ लागतमा उद्योग स्थापना गरिएको हो ।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीकी मिना चौधरीलाई खेतबारीमा रोपेको तरकारी बालीका लागि रासायनिक मल खोज्दै हिँड्नु परेको छैन । २ वर्षअघि कृषक पाठशालामा सहभागी भएकी चौधरीले स्थानीयस्तरमै पाइने जैविक पदार्थको प्रयोग गरी मल बनाउन सिकेकी छन् ।
४ वर्षअघिदेखि नगरपालिकामा सञ्चालन गरेको ‘स्कील अप’ परियोजनामार्फत सञ्चालित कार्यक्रममा सहभागी भएर चौधरीले माटोमा रहेको जैविक विविधतालाई जोगाउन सहयोग पुर्याउने बोकासी मल बनाउन सिकेकी हुन । 'पहिलो वर्ष घरमै तयार गरिएको बोकासी मल प्रयोग गर्दा रासायनिक मल हालेजस्तो तरकारीको उत्पादन भएन,' उनले भनिन्, 'माटोमा मल विस्तारै घुलमिल भएपछि दोस्रो वर्षदेखि तरकारी बालीको उत्पादन सोचेजस्तै गरी उत्पादन भएको छ ।'
चौधरीले हिउँदमा गोलभेँडा, काउली, बन्दा, खुर्सानी, आलु लगायतको खेती गर्छिन्। वर्षात्का बेला लहरे प्रजातिका तरकारी रोप्दै आएकी छन् । बाह्रै महिना उनको खेतमा तरकारीखेती हुन्छ । 'रासायनिक मलको प्रयोग गरी तरकारी खेती गर्दा रोग किराको प्रकोप अधिक हुँदा विषादी छर्किनुपर्ने बाध्यता थियो,' उनले भनिन्, 'घरमै बोकासी मल तयार गर्न थालेपछि रोग किराको प्रकोप हट्दै जान थालेको छ, कतै रोग किरा देखापरे जैविक विधिबाट तयार गरेको मानव स्वास्थ्यलाई हानि नगर्ने झोल विषादीको प्रयोग गर्छौं ।'
यसरी तयार गरिएको मल र विषादीको प्रयोग गरी उत्पादन गरिएको तरकारीको बजार मूल्य बढी पाइने अर्का किसान महिला गीता चौधरीले बताइन् । 'रासायनिक मल र बजारमा खरिद गर्न पाइने विषादीको प्रयोग गरी उत्पादन गरिएको काउलीको थोक बजार भाउ प्रतिकिलो रु २० सम्म पुगेको छ,' उनले भनिन्, 'जैविक विधिबाट तयार गरिएको काउली थोकमा रु ४० प्रतिकिलोका दरले बिक्री भइरहेको छ ।'
तरकारी बालीमा विषादीको प्रयोग वर्षौंदेखि यस क्षेत्रका किसानले गर्दै आएकाले केहीमा दीर्घकालीन क्यान्सरलगायत रोगको सङ्क्रमण देखिएको छ । विषादीको लामो समयसम्म प्रयोगले स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि वैकल्पिक विधिका रुपमा किसानले बोकसी मलको प्रयोगलाई बढावा दिन थालेका हुन् । बोकासी मल धानको ढुटो, तोरीको पिना, हड्डीको धुलो, सुक्ष्म जिवाणु गुड भेली, पानी राखेर तयार गरिने वसन्ती चौधरीले बताइन् ।
वसन्तीका अनुसार बोकासी मल गर्मीको सयममा २० दिन र हिँउदको समयमा ४५ दिनमा खेतबारीमा छर्नका लागि तयार हुने गर्दछ । 'मल प्रयोग गर्नुअघि बोटबिरूवा वरिपरि चिस्यान बनाउछौँ,' उनले भनिन्, 'त्यसपछि मल छर्ने काम हुन्छ, बिरुवाको जात र उमेरअनुसार मलको अनुपात मिलाएर छर्ने गरिन्छ ।' एकपटक तयार गरिएको मल २ वर्षसम्म प्रयोग गर्न सकिने उनको भनाइ छ ।
बोकासी मलको प्रयोग गरी तरकारीखेती गर्ने किसानको सङ्ख्या ४० बढी रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । 'बोकासी मलको प्रयोगले माटोको उर्वरशक्ति बढाउने कामसँगै बिरूवालाई चाहिने पोषकतत्व उपलब्ध गराउने भएकाले किसानको आकर्षण यस मलप्रति देखिएको छ,' उनले भने, 'यस मलको प्रयोग हुन थालेपछि तरकारीको उत्पादन दोब्बर बढी भएको छ, उत्पादन बढी भएपछि किसानको आम्दानी पनि बढेको छ, रासायनिक मल रोज्दै हिँडनुपर्ने पहिलाको जस्तो परनिर्भरतासमेत किसानलाई अहिले छैन ।'
अध्यक्ष नरेन्द्रप्रसादका अनुसार यस क्षेत्रका किसानले कम्तीमा ५ कठ्ठादेखि बढीमा १ बिघा जग्गामा बाह्रै महिना मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीमा संलग्न किसानको वार्षिक आम्दानी रु ५ लाखदेखि रु १५ लाखसम्म हुने गरेको छ ।
स्कील अप परियोजनाले विगत चार वर्षदेखि कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा किसानलाई उन्नत प्राङ्गारिक खेती प्रविधिमार्फत तरकारी उत्पादनमा सहयोग गर्दै आएको परियोजनाका संयोजक रामभक्त न्यौपानेले बताए । स्थानीयस्तरमै पाइने सामग्रीको प्रयोग गरी तयार गरिने बोकासी मल जापानी प्रविधि रहेको उल्लेख गर्दै उनले यो प्रविधि किसानमाझ निकै लोकप्रिय हुँदै गएको बताए ।
'मानवीय स्वास्थ्यलाई असर नगर्ने र माटोको उर्वर क्षमता बढाउने भएकाले किसानले रासायनिक मलको विकल्पका रुपमा यस मललाई लिएका छन्,' संयोजक न्यौपानेले भने, 'तरकारी खेतीमा प्रयोग हुने रासायनिक मल र विषादीको प्रयोगमा कमी आएसँगै यसमा लाग्ने किसानको खर्च जोगिएको छ, लागत घट्दा किसानको आम्दानी बढेको छ ।' प्रविधिको विस्तार गर्ने, आयआर्जन बढाउने र व्यावसायिक बनाउनका लागि कृषकलाई पाठशालामार्फत शिक्षा दिने कार्य गरिएको उनको भनाइ छ ।
'विशेषगरी जैविक विधिमा आधारित भई व्यावसायिक तरकारी खेती गर्नका लागि जैविक मल र विषादी बनाउने कार्य सिकाउनुका साथै प्रयोग गर्ने तरिकाबारे जानकारी दिएका छौँ,' संयोजक न्यौपानेले भने, 'तरकारी बालीमा अन्धाधुन्धरुपमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा पुर्याउने असरबारे सचेत पार्ने कार्यमा लागेका छौँ ।'
नगरपालिकाको कृषि विकास शाखका प्रमुख करन सिंह बुढाऐरले जैविक विधिबाट तरकारी खेती गर्ने किसानलाई प्राङ्गारिक मल खरिद तथा उत्पादनका लागि अनुदान दिन कार्यक्रम सञ्चालन भैरहेको बताए । 'व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई ८० प्रतिशत अनुदानमा प्राङगारिक मल उपलव्ध गराउन लागेका छौँ,' उनले भने, 'त्यसका लागि रु छ लाख बजेट विनियोजित गरिएको छ ।'
कृषि ज्ञान केन्द्रका प्राविधिक जनकबहादुर सिंह जैविक मल र विषादीको प्रयोग गरी उत्पादन गरिएका तरकारी खरिद गर्नका लागि बजार व्यवस्थापनमा सहजीकरण गरिने बताउनुहुन्छ । 'केन्द्रले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएकाले त्यसमा निवेदन दिएर किसानले अनुदानमा कृषि औजार, मेसिनरी, बीउबिजन, सिँचाइका साधन, ढुवानीका साधन खरिद गर्न सकिने हुन्छ,' उनले भने, 'व्यावसायिक खेती गर्दै आएकालाई मात्रै अनुदानमासमेत छौँ ।'
बोकासी मल कसरी बनाउने
आबश्यक सामाग्रीहरु
धानको ढुटो(ब्रान) वा चोकर २०%
पिनाको धुलो २०%
पाकेकोमल वा जंगलकमाटो ४५%
हाडको धुलो वा माछाको धुलो ६%
सख्खर ४%
ई एम झोल १.५%
गाईकोमूत्र र पानी आबश्यक्ता अनुसार
माथिका सबै सामाग्रीलाई राम्रोसंग मिसाउने र अँध्यारो कोठामा चुल्याएर कालो प्लास्टिकले छोपेर राख्ने । ४०/४५° तापक्रम पुगेमा आधा घण्टा फिजारेर चिस्याउने । यो प्रक्रियालाई ५/७ दिनको फरकमा पटक पटक दोहोर्याउने । जब तापक्रम बढ्न छोड्छ बोरामा प्याक गरेर राख्ने र आबश्यक्ता अनुसार प्रयोग गर्ने । यसरी तयार पारिएको मल २ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।रासस
यस्तै यस क्षेत्रका खाली, वगर र सरकारी जमिनलाई सदुपयोग गरेर रोजगारीसँगै उत्पादन बढाउने योजनापनि आफूले अघिसारेको बताए। मण्डलले किसानले झेल्नु परेको सबै भन्दा ठूलो समस्या मल अभाव भएकाले रासायनिक मलको विकल्पका लागि जैविक मल उत्पादनको परिक्षणसमेत आफूले गरिरहेक...
घरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ । जैविक (गल्ने) फोहोरबाट व्यावसायिक प्रयोजनमा ल्याउने गरी ठूला क्षमताका बायोग्यास प्लान्टले विदेशबाट आयोजित एलपी ग्यास र रासायनिक मलको निर्भरतालाई कम …
दक्षिण एसियाकै सबभन्दा ठूलो जैविक मलको कारखाना प्रदेश २ मा स्थापना हुने भएको छ । निजी क्षेत्रको लगानीमा प्रदेश २ को धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ को तेजनगरमा २८ करोड रुपियाँको लगानीमा सो कारखाना खुल्न लागेको हो ।
बर्सेनि हुने रासायनिक मलको हाहाकार तथा त्यसप्रति परनिर्भरता घटाउनका लागि जैविक मलको कारखाना खोल्न लागेको आरोह फर्टिलाइजर प्राइभेट लिमिटेडका प्रमुख शैलेन्द्रशमशेर जबराले बताउनुभयो । रासायनिक मलले उत्पादनमा ह्रास ल्याउँदै गरेको तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको देखेर किसान तथा उपभोक्ताको ध्यान अर्गानिक उत्पादनमा गएकोलाई ध्यानमा राखी ठूलो लगानीमा कारखाना खोल्न लागेको बताउनुभयो ।
खुल्न लागेको कारखानाको शिलान्यास भइसकेको छ । आगामी २०७९ वैशाखसम्ममा उत्पादन सुरु गर्नेगरी निर्माण कार्य सुरु भएको बताउँदै उहाँले सुरुमा वार्षिक सात हजार ५०० मेट्रिक टन मल उत्पादन हुने बताउनुभयो । माग बढ्दै गएपछि उत्पादनमा वृद्धि गर्ने लक्ष्य रहेको प्रमुख राणाले बताउनुभयो ।