जैविक मल कारखाना खुल्दै दक्षिण एसियाकै ठूलो हुने दाबी

दक्षिण एसियाकै सबभन्दा ठूलो जैविक मलको कारखाना प्रदेश २ मा स्थापना हुने भएको छ । निजी क्षेत्रको लगानीमा प्रदेश २ को धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ को तेजनगरमा २८ करोड रुपियाँको लगानीमा सो कारखाना खुल्न लागेको हो । बर्सेनि हुने रासायनिक मलको हाहाकार तथा त्यसप्रति परनिर्भरता घटाउनका लागि जैविक मलको कारखाना खोल्न लागेको आरोह फर्टिलाइजर प्राइभेट लिमिटेडका प्रमुख शैलेन्द्रशमशेर जबराले बताउनुभयो । रासायनिक मलले उत्पादनमा ह्रास ल्याउँदै गरेको तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको देखेर किसान तथा उपभोक्ताको ध्यान अर्गानिक उत्पादनमा गएकोलाई ध्यानमा राखी ठूलो लगानीमा कारखाना खोल्न लागेको बताउनुभयो । खुल्न लागेको कारखानाको शिलान्यास भइसकेको छ । आगामी २०७९ वैशाखसम्ममा उत्पादन सुरु गर्नेगरी निर्माण कार्य सुरु भएको बताउँदै उहाँले सुरुमा वार्षिक सात हजार ५०० मेट्रिक टन मल उत्पादन हुने बताउनुभयो । माग बढ्दै गएपछि उत्पादनमा वृद्धि गर्ने लक्ष्य रहेको प्रमुख राणाले बताउनुभयो ।

सम्बन्धित सामग्री

रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने

काठमाडौँ- सरकारले बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ ।  शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । स्थानीय तहमा मलको अभाव हुन नदिन जैविक मल कारखाना स्थापनाको कामलाई प्रोत्...

रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने

काठमाडौँ- सरकारले बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ ।  शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । स्थानीय तहमा मलको अभाव हुन नदिन जैविक मल कारखाना स्थापनाको कामलाई प्रोत्...

नीति तथा कार्यक्रमः मल कारखाना स्थापना गरिने

काठमाडौँ – सरकारले बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो। स्थानीय तहमा मलको अभाव हुन नदिन जैविक मल कारखाना स्थापनाको कामलाई प्रोत्साहित गर्ने राष्ट्रपति पौडेलले बताए। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व […]

थुलुङ दूधकोशीमा जैविक मल कारखाना खुल्दै

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना गरिने भएको छ । कारखाना स्थापनाको लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एन्ड डेभलपमेन्ट बिचसम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्र अनुसार पहिलो पक्ष भनिएको गाउँपालिकाले १० लाख रुपैयाँ रकम व्यवस्था गरी भवन निर्माण गर्ने छ भने दोस्रो पक्षले सम्झौता अवधिमा एक […]

सोलुको थुलुङ दुधकोशीमा जैविक मल कारखाना खुल्ने

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना हुने भएको छ । आज कारखाना स्थापनाका लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एण्ड डेभलपमेन्टबीच सम्झौता भएको हो । सम्झौतापत्रअनुसार पहिलो पक्ष थुलुङ दुधकोशी गाउँपालिकाले रु १० लाख व्यवस्था गरी भवन निर्माण गर्नेछ भने दोस्रो पक्षले सम्झौता अवधिमा एक जना पूर्णकालीन कर्मचारीको व्यवस्था गरी […]

यान्त्रीकरण गर्दै महानगर

कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्न स्थानीय तहका सरकारहरूले विभिन्न पहल गरिरहेका छन् । परम्परागत कृषि प्रणाली अन्त्य गर्न र माटोको गुणस्तरलाई पनि बचाई दिगो रूपमा उत्पादकत्व बढाउन स्थानीय सरकारहरूका योजना कार्यान्वयनमा रहेका छन् । त्यस क्रममा धेरै स्थानीय तहहरूले अनुदानमा कृषि यन्त्र प्रदान गरिरहेका छन् भने कतिपयले जैविक मल कारखाना नै खोलेर किसानलाई प्रोत्साहित गरेका छन् । यस्तो कार्यमा महान