रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै

रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै

सम्बन्धित सामग्री

प्राकृतिक जीवाणु मलको माग बढ्यो

झापाको विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप...

प्राकृतिक जीवाणु मलको माग बढ्यो

झापाको विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप...

रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै

मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्‍याइने गरिएको छ ।

गड्यौलापालनतर्फ स्याङ्जाका किसान आकर्षित

असोज १६, वालिङ । स्याङ्जाका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् ।  स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् । नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘हरित पुनःउत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत वालिङका १४ ओटै वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । ‘स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको यो नगरपालिका फोहोरमैला व्यवस्थापनमा समेत पटक/पटक उत्कृष्ट भई पुरस्कृत भइसकेको छ’, अध्यक्ष गुरुङले भने, ‘मानव स्वास्थ्यलाई ध्यानमा राख्दै कुहिने फोहोरलाई गड्यौले अर्गानिक कम्पोष्ट मलमा परिणत गर्नेछौँ ।’ खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै अर्गानिक कम्पोष्ट मल बनाउन किसानलाई प्रेरित गर्नका लागि गड्यौलापालनका लागि आवश्यक सामग्री, तालिम तथा गड्यौला वितरण गरिएको अध्यक्ष गुरुङले बताए । नगरपालिकाभित्र ३१० गाउँ छन् । ती गाउँबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरी तालिम दिइने र पछि उनीहरुले नै गाउँमा अन्यलाई सिकाउने अध्यक्ष गुरुङको भनाइ थियो । कुहिने फोहोरलाई गड्यौले मल बनाउन प्रयोग गर्न सकिने, विषादी निरुत्साहित गर्ने, रासायनिक मलको प्रयोगमा कमी गर्ने र उत्पादकत्व वृद्धि गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास कार्यक्रम संयोजक विशाल बगालेको छ । ‘इच्छुक किसानलाई निःशुल्क गड्यौला, बिन तथा तालीम उपलब्ध गराएका छौँ’, संयोजक बगालेले भने, ‘किसानले उत्पादन गरेका गड्यौला अन्य किसानलाई सहकारीमार्फत विक्री गरिदिन्छौँ, जसका कारण पनि किसान गड्यौला पालनतर्फ आकर्षित भएका हुन्, गड्यौला प्रतिकिलो रू. दुई हजार २०० देखि रू. तीन हजारसम्म विक्री हुने गरेको छ ।’ नगरका १४ ओटै वडामा लक्षित समूह गठन गरी गड्यौला पालनका फाइदा र गड्यौला पाल्ने विधिका बारेमा प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक डिलबहादुर गुरुङले बताए । ‘वडाका विभिन्न टोल टोलबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषलाई सहभागी बनाएर तालिम दियौँ’, प्रशिक्षक गुरुङले भने, ‘प्रतिकिसान एक किलो गड्यौला र बिन निःशुल्क उपलब्ध गराएका छौँ, अहिले उनीहरु गड्यौलापालनतर्फ उत्साहित भएर लाग्नुभएको छ ।’ नगरपालिकाभित्र हालसम्म १७१ किलो गड्यौला विक्री गरेको र अब ९० किलो उपलब्ध गराउने गड्यौला व्यवसायी हुमनाथ लामिछानेले बताए । ‘अहिले गाउँ÷गाउँमा किसान गड्यौला पालनतर्फ आकर्षित भएका छन्, गड्यौलाको माग निक्कै बढेको छ’, लामिछानेले भने, ‘लगानी र मेहेनत कम लाग्ने तर गड्यौला तथा मल विक्री गरेर दोहोरो फाइदा लिन सकिन्छ ।’ वालिङ–५ पित्लेकका गड्यौला व्यवसायी लामिछानेले आफ्नो व्यक्तिगत फर्मबाट १०० किलो र अन्य छिमेकीको बाट ७१ किलो गड्यौला प्रतिकिलो रू. एक हजार ७०० का दरले विक्री गरेका हुन् । बिरुवाले यसमा भएका खाद्यतत्वलाई सजिलैसँग लिन सक्दछ भने यो मल अरु मलभन्दा गुणस्तर मानिन्छ ।  यो मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउँछ र बाली बिरुवाको वृद्धि विकास पनि छिटो हुने गर्छ । झारपात र घरमा निस्कने कुहिने फोहोरबाट गड्यौलापालन गरी जैविक मल उत्पादन गर्न सकिन्छ । रासस

जैविक मल कारखाना खुल्दै दक्षिण एसियाकै ठूलो हुने दाबी

दक्षिण एसियाकै सबभन्दा ठूलो जैविक मलको कारखाना प्रदेश २ मा स्थापना हुने भएको छ । निजी क्षेत्रको लगानीमा प्रदेश २ को धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ को तेजनगरमा २८ करोड रुपियाँको लगानीमा सो कारखाना खुल्न लागेको हो । बर्सेनि हुने रासायनिक मलको हाहाकार तथा त्यसप्रति परनिर्भरता घटाउनका लागि जैविक मलको कारखाना खोल्न लागेको आरोह फर्टिलाइजर प्राइभेट लिमिटेडका प्रमुख शैलेन्द्रशमशेर जबराले बताउनुभयो । रासायनिक मलले उत्पादनमा ह्रास ल्याउँदै गरेको तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको देखेर किसान तथा उपभोक्ताको ध्यान अर्गानिक उत्पादनमा गएकोलाई ध्यानमा राखी ठूलो लगानीमा कारखाना खोल्न लागेको बताउनुभयो । खुल्न लागेको कारखानाको शिलान्यास भइसकेको छ । आगामी २०७९ वैशाखसम्ममा उत्पादन सुरु गर्नेगरी निर्माण कार्य सुरु भएको बताउँदै उहाँले सुरुमा वार्षिक सात हजार ५०० मेट्रिक टन मल उत्पादन हुने बताउनुभयो । माग बढ्दै गएपछि उत्पादनमा वृद्धि गर्ने लक्ष्य रहेको प्रमुख राणाले बताउनुभयो ।