चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मंगलबार युक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन् । प्रवक्ता झाओ लिजियानले युक्रेन संकटको सम्बन्धमा रूस र चीनबीचको सम्बन्धबारे हालै एक जना नाम नखुलेका अमेरिकी अधिकारीले गरेको आरोपको जवाफमा नियमित प्रेस ‘ब्रिफिङ’मा उनले उक्त भनाई राखेका हुन् । रूसले चीनबाट सैन्य र आर्थिक सहयोगको लागि अनुरोध गरेको र चीनले सहमति जनाएको तर त्यसलाई सार्वजनिक रुपमा अस्वीकार गर्ने सूचना दिएको भन्ने एक नाम नखुलाइएका अमे