कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्य श्रीवृद्धिमा योगदान पुर्याएवापत प्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।...
कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्य श्रीवृद्धिमा योगदान पुर्याएवापत प्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।...
कविडाँडा आख्यान पुरस्कार– २०७९ ‘मनु’ उपन्यासलाई दिइएको छ। कविडाँडा साहित्य समाज चितवनले शनिबार कार्यक्रम गरी कविडाँडा आख्यान पुरस्कार– २०७९ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई प्रदान गरेको हो।
सौराहास्थित जंगल...
जनकपुरधाम, १५ मङ्सिर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उनलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । […]
दायित्व वाङमय प्रतिष्ठानले दुई स्रष्टालाई पुरस्कार प्रदान गरेको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा भाषाविद् प्राडा माधवप्रसाद पोखरेललाई ‘कुमार-सरस्वती पुरस्कार’ र आख्यानकार जलेश्वरी श्रेष्ठलाई ‘शंकर कोइराला आख्यान पुरस्कार’ प्रदान गरिएको छ।...
ललितपुर : साहित्यकार एवं बाल वाङ्मय तथा अनुसन्धान केन्द्रकी सल्लाहकार सिर्जना शर्माले आफ्नो जन्मदिनको अवसरमा किशोर साहित्य पुरस्कार घोषणा गरेकी छन्। साहित्य तथा सञ्चार क्षेत्रमा सक्रिय रहेकी शर्माले आफ्नो ६७ औं जन्मदिनको अवसरमा सानेपास्थित आफ्नै निवासमा पुरस्कार घोषणा गरेकी हुन्।
बुवा जयदेव भट्ट र आमा हीरादेवी भट्टको सम्झनामा किशोर साहित्यमा…