कालाेपत्र गर्ने भन्दै ठेकेदार कम्पनीले सामान झारेपछि चापागाउँ–सुनाकोठी सडक खुल्याे

ललितपुर – ललितपुरको चापागाउँ–सुनाकोठी सडक फेरि कालाेपत्र गर्ने भन्दै ठेकेदार कम्पनीले काम थालेपछि सडक आज शुक्रवारदेखि खुलेकाे छ । गएकाे मङ्गलवारदेखि बन्द सडक आजदेखि खुलेको हाे ।  सडक फेरि कालोपत्र गर्ने भन्दै ठेकेदारले ग्राबेल अर्थात् बेस झारेर काम गर्न थालेपछि सडक खुला गरेको स्थानीयवासी तथा सडक मर्मत अभियन्ता एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विनोद खड्काले बताउनुभयो । खड्काका अनुसार यसअघि पनि सडक मर्मतका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने लगायत ठेकेदारसँग छलफल गर्ने काम भ...

सम्बन्धित सामग्री

कोशी राजमार्गको लभिङ हिल–माने भञ्ज्याङ सडक स्थानीयद्वारा अवरुद्ध

संखुवासभा : संखुवासभामा कोशी राजमार्गअन्तर्गत लभिङ हिल–माने भञ्ज्याङ सडक खण्ड स्थानीयले अवरुद्ध पारेका छन्।ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले सडक निर्माणमा लापरबाही गरेर वर्षाको समयमा सडक मर्मत नगरेको भन्दै स्थानीयले आजबाट सडक अवरुद्ध पारेको अरुण उपत्यका सामुदायिक विकास क्लबका अध्यक्ष जिल्लामान राईले जानकारी दिए।उनका अनुसार ठेकेदार कम्पनीको लापर्वाही र ढिलासुस्तीका कारण पैदल यात्रा गर्न समेत समस्या भएका कारण कोशी राजमार्गअन्तर्गत लभिङ हिल–माने भञ्ज्याङ सडक खण्ड अवरुद्ध गरेको हो। सड

ठेकेदार हराएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना

९ जेठ, गोरखा । मध्यपहाडी लोकमार्गको काममा लापरवाही गर्ने ठेकेदार विरुद्ध गोरखाका स्थानीय विरोधमा उत्रिएका छन् । पालुङटार नगरपालिकाको ठाटीपोखरीदेखि मसानेठाटी खण्डको जिम्मा लिएको हिम्डुङ प्यासिफिक कन्स्ट्रक्सनको बिरोध गर्दै स्थानीयले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् । ‘सडक निर्माणको ठेकेदार कहाँ छ ?, ‘जनतालाई सास्ती कहिलेसम्म’ जस्ता नारा लेखिएका प्ले कार्डसहित उनीहरु धर्नामा […]

ठेक्का तोड्ने चेतावनीपछि काम थाल्दै ठेकेदार कम्पनी

काठमाडौं, मंसिर २ । नारायणगढ–बुटवल सडक योजना कार्यालयले नारायणगढ–बुटवल सडकखण्डको ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनलाई सडक निर्माण कार्य अपेक्षित गतिमा नभएको भन्दै स्पष्टीकरण सोध्यो। कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएसँगै अहिले ठेकेदार कम्पनीले आंशिक रूपमा काम देखाउन थालेको छ। योजना कार्यालयले पहिलो पटक ९ असोज २०७९ मा २८ दिने सार्वजनिक सूचना जारी गरेर २८ दिनभित्र […]

ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका […]

ठेकेदार पाण्डेलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

तुलसीपुर–घोराही फोर लेन सडकका ठेकेदार अनुप पाण्डेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । ठगीको कसुरमा पक्राउ परेका पाण्डेलाई हिरासतमै राखेर अनुसन्धान गर्न उच्च अदालत तुलसीपुरले आइतबार ७ दिनको समय दिएको हो ।तुलसीपुर–घोराही फोर लेन सडकखण्ड निर्माण गर्ने भन्दै भारतीय ठेकेदार कम्पनीसँग पेटी ठेक्का लिएका अनुपले सडक निर्माणका क्रममा प्रयोग गरेका सवारी साधन, त्यसमा लाग्ने इन्धन, हार्डवेयर लगायतका सामान खरिद गरी चेक दिएको तर चेक नसाटिएको पीडितहरुले बताएका छन् ।सामा

दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध ५ करोड ८९ लाख रुपैयाँ ठगीको उजुरी

दाङ - दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी मुद्दा परेपछि ठेकेदार पाण्डेलाई पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार पाण्डेविरूद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएका थिए। पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका वडा नम्बर–१५ भरतपुरका व्य...

गुणस्तरहीन बनाएको भन्दै डोजर लगाएर कालोपत्रे सडक मेयर आफैले भत्काए

काठमाडौँ । गुणस्तरहीन सडक बनेको भन्दै बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले आफैँ लागेर कालोपत्रे सडक भत्काएका छन्। मापदण्ड विपरीत सडक निर्माण भएको भन्दै वडा नम्बर ८ को प्रगति नगर शंखरवाडी टोल जाने कालोपत्रे सडक डोजर लगाएर भत्काएको नगरप्रमुख सिवाकोटीले बताए। नगरपालिकाका इन्जिनियर, प्राविधिकसहित निर्माणाधीन कालोपत्रे सडकको अनुगमनका लागि पुगेका नगरप्रमुख सिवाकोटीले ठेकेदार कम्पनीले कमसल […]

सडक ढलान अलपत्र पारेको भन्दै स्थानीयवासीको विरोध

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाएका छन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यपार–व्यवसायमा असर पुगेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुङ्गामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बुधबार स्थानीयले द

कैलालीमा ठेकेदारले कमसल सडक बनाएको भन्दै स्थानीय विरोधमा उत्रिए

बिराज रोस्याराकैलाली । कैलालीको सहजपुर–अलाड सडक निर्माणमा चरम लापरबाही भएको छ । सडक निर्माणमा मापदण्ड बिपरित गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ भने ठेकेदार कम्पनिको ढिलासुस्तीले सर्वसाधरणले हैरानी खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडक मापदण्ड बिपरित र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् । निर्माणाधीन […]

सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय आन्दोलित

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक खण्ड निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि ठेकेदार कम्पनीको लापारबाहीका कारण कामले गति लिन नसकेको भन्दै स्थानीय आन्दोलित भएका हुन । लोकमार्गको बागलुङ जिल्लामा १४२ किलोमिटर सडक पर्दछ । जसमध्ये ९० किलोमिटर सडक यस अगाडि नै कालोपत्रे भइसकेको छ । बाँकी ५२ किलोमिटर […]