करिब ५ महिनाअघि लास्कु खोलामा आएको बाढीले भत्किएको तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ । भदौ २४ मा आएको बाढीले सदरमुकाम क्षेत्रमा बनेको पक्की तटबन्धको रिङनेतालदेखि लास्कु खोलासम्म क्षति पुर्याएको थियो । बाढीले एक विद्यालयसहित एक दर्जनभन्दा बढी घर बगाएको थियो ।