महाकालीमा तटबन्ध निर्माण ढिलाइ

करिब ५ महिनाअघि लास्कु खोलामा आएको बाढीले भत्किएको तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ । भदौ २४ मा आएको बाढीले सदरमुकाम क्षेत्रमा बनेको पक्की तटबन्धको रिङनेतालदेखि लास्कु खोलासम्म क्षति पुर्‍याएको थियो । बाढीले एक विद्यालयसहित एक दर्जनभन्दा बढी घर बगाएको थियो ।

सम्बन्धित सामग्री

कुतियाकवरबासीको पीडा : तटबन्ध नबने बस्ती जोगबुढा नदीमा समाहित हुने

कञ्चनपुरको दोधारा-चादँनी नगरपालिका-१० सीमा बस्ती कुतियाकवरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ । तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दैआएको छ ।

कुतियाकवरवासीको पीडा : तटबन्ध नबने बस्ती जोगबुढा नदीमा समाहित हुने

महेन्द्रनगर (कञ्चनपुर), १० पुस । कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० सीमा बस्ती कुतियाकवरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ । तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दैआएको छ । महाकाली र जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर बस्ती दुवै तर्फबाट जोखिममा छ । वस्ती जोगाउन दुई सय मिटर तटबन्ध निर्माणको योजना अघि बढाइएको थियो । सो कार्यको […]

महाकालीमा तटबन्ध निर्माण ढिलाइ

करिब ५ महिनाअघि लास्कु खोलामा आएको बाढीले भत्किएको तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ । भदौ २४ मा आएको बाढीले सदरमुकाम क्षेत्रमा बनेको पक्की तटबन्धको रिङनेतालदेखि लास्कु खोलासम्म क्षति पुर्‍याएको थियो । बाढीले एक विद्यालयसहित एक दर्जनभन्दा बढी घर बगाएको थियो ।

जमुनी सिँचाइको तटबन्धमा ढिलाइ

मुआब्जामा ढिलाइ हुँदा जमुनी सिँचाइ योजनाको तटबन्ध निर्माण लम्बिने भएको छ । तटबन्धमा जग्गा परेकाले मुआब्जा नपाएसम्म काम अघि बढ्न नदिने अडान राखेपछि निर्माण अवधि लम्बिने भएको हो । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुबोध कुशवाहाका अनुसार योजनाअन्तर्गत ब्यारेजमा पानी भण्डारणका लागि खोलाको दुवैतर्फ १ हजार १ सय मिटर लामो तटबन्ध निर्माण गर्न लागिएको छ ।

‘मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं आउने’

सिन्धुपाल्चोक (अस) । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गरे । जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा जसरी पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन समेत दिए । मुहानस्थलको निरीक्षण गर्दै मन्त्री चौधरीले अहिले भइरहेको कामको गति चित्तबुझ्दो रहेको बताए । ‘काम निकै दु्रतरूपमा भइरहेको पाएँ, यो गति हेर्दा चैतको तेस्रो साता पानी काठमाडौं पुग्छ ।’ ठेकेदार कम्पनीले काम शरू गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले सोही अनुसार काम भइरहेको उनले बताए । केही दिनअघि ठेकेदारले आयोजनाको काम रोकेकोप्रति संकेत गर्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको, तर कुनै पनि बहानामा काममा ढिलाइ गर्न नहुने बताए । स्थानीय प्रभावितले गरेको आन्दोलनप्रति चासो राख्दै उनले क्रमशः मागहरू पूरा गरिने बताए । ‘स्थानीय बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक छन्,’ उनले भने, ‘यो राष्ट्रिय महत्त्वको योजना हो, मागहरू विस्तारै पूरा हुनेछन् । तर यो वा त्यो बहानामा आयोजनाको काम बन्द नगर्न अनुरोध गर्दछु ।’ मन्त्री चौधरीलाई मुहानको अवस्थाबारे जानकारी गराउँदै मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताए । सरकारको लक्ष्य अनुसार चैत मसान्तसम्ममा पानी काठमाडौं झार्नेगरी काम भइरहेको जानकारी उनले दिए । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको उनले बताए । निरीक्षणका लागि पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन ५ लाखले नपुग्ने भन्दै रकम थप गर्न मन्त्रीलाई अनुरोध गरे । सामाजिक उत्थान कार्यक्रमको रकम सम्बन्धित पालिकामा पठाउन समेत आग्रह गर्दै उनले स्थानीय पीडितको माग पूरा गर्न सरकार लाग्नुपर्नेमा जोड दिए । यता, लामो समयसम्म पनि आफ्ना माग सम्बोधन नगरिएको भन्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढी पीडित समन्वय समितिले आयोजनाविरुद्ध आन्दोलन गर्दै आएको छ । मेलम्ची खानेपानी आयोजना र संघीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितको माग सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलन शुरू गरिएको समन्वय समितिका संयोजक उपेन्द्र तामाङले बताए । शान्तिपूर्ण आन्दोलन गर्दा पनि माग सुनुवाइ नभए आयोजनाको सम्पूर्ण काम बन्द गरिने चेतावनी उनले दिए । ‘माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने । खेतीयोग्य जमीन बचाउन मुहानदेखि सिपाघाट भीमटारसम्म आयआर्जन कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ, सार्वजनिक पूर्वाधार निर्माण एवं संरक्षणका लागि मेलम्ची इन्द्रावती नदी कोरिडोर एकीकृत विकास आयोजना सञ्चालन गरिनुपर्ने, बाढीबाट विस्थापित समुदायलाई तत्काल वैकल्पिक व्यवस्थासहित दीर्घकालीन आवास र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।