सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रिबजेट छलफलबिनै बजेट ल्याउने तयारी गरेको छ। ‘प्रि–बजेट अधिवेशनमा लिएर छलफल गर्ने स्थिति कोरोनाले गर्दा नभएको सरकारमा प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले बताइन्।'कोभिडले गर्दा समस्या थपिदिएको छ,' उनले भनिन्, ‘नीति तथा कार्यक्रम पेस गर्नुपर्ने छ, त्यसका लागि अन्तिम चरणमा पुगेकाले अधिवेशनमा लिएर छलफल गर्ने या के गर्ने भन्नेबारे छलफल भइरहेको छ।’प्रदेश सरकारले जेठ पहिलो सातादेखि बजेट अधिवेश