काठमाडौं : रुस–युक्रेन युद्धका कारण विश्व बजारमा उर्जा संकट बढेपछि अमेरिकाले आफ्ना रणनीतिक भण्डारबाट ठूलो मात्रामा तेल निकाल्ने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले उर्जाको मूल्य उच्च रुपमा वृद्धि भएपछि मूल्य सन्तुलनका लागि ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका हुन्। बाइडेनको आदेशअनुसार आउँदो ६ महिनामा अमेरिकी तेल भण्डारबाट १८ करोड ब्यारेलसम्म तेल निकालिने भएको छ। जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो। अमेरिकाले आफ्नो भण्डारबाट तेल निकाल्ने घोषणा गरेलगत्त