काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भएको छ । जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गरेका थिए । नेपालको पूर्वाधार क्षेत्रमा एक दशक लामो समयदेखि चर्चामा रहँदै आएको सो सुरुङमार्ग बनाउने औपचारिक निर्णय भने तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको […]
काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन् । व्यस्त कार्यतालिका, अध्ययन, मोबाइल तथा कम्प्युटरको अत्यधिक प्रयोग, यातायातको झन्झट र कामको तनावका कारण अधिकांश मानिस शारीरिक रूपमा सक्रिय रहन सकिरहेका छैनन् । तर स्वस्थ जीवनका लागि शरीरलाई नियमित रूपमा चलायमान राख्नु अपरिहार्य छ । जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार स्वस्थ रहन महँगा उपकरण […]
सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु र २४ जना घाइते भएपछि गृह मन्त्रालयले जिल्लाको प्रशासन तथा सुरक्षा नेतृत्वमा व्यापक फेरबदल गरेको छ । गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाउँदै उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाएको छ । घटनापछि नेपाल प्रहरीको प्रदेश र जिल्ला नेतृत्वसमेत […]
काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले बिदा सकिएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसिरहेकाले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले उनीहरूलाई विगतमा सफाइ पेश गर्न १५ दिनको म्याद दिएको थियो। उक्त […]