एमाले महोत्तरी अधिवेशन फेरि स्थगित

एमाले महोत्तरीको बुधबार र बिहीबार हुने भनिएको जिल्ला अधिवेशन कोरोनाको कारण देखाउँदै रोकियो । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।तर यो आचारसंहिता नभएको भए पनि जिल्ला अधिवेशन गर्न नसकिने एमालेकै नेताहरूको तर्क छ । अधिवेशनको तयारीका लागि बनाइएको जिल्ला आयोजक कमिटीमा विवाद नहुन्जेल अधिवेशन हुनै नसक्ने एकथरी नेताको ठोकुवा छ भने अर्कोथरी नेताहरूले आयोजक कमिटी बनाएर सपथग्रहणसमेत गराइसकिएको दाबी गरेका छन् ।