काठमाडौं । सरकारले बल्ल देशभर अस्थायी, ज्यालादारी तथा करारमा कार्यरत कर्मचारीहरुको विवरण खोजी गर्न सुरु गरेको छ । सरकारसँग अहिलेसम्म देशभर कति संख्यामा अस्थायी, करार तथा ज्यालादारी कर्मचारी कार्यरत छन्, यसको विवरण थाहा छैन । तीन तहका सरकारले मनपरी किसिमबाट करारमा कर्मचारी राख्ने परम्परा बढ्दै गएको संघीय मन्त्रालय स्रोतको भनाइ छ । खासगरी स्थानीय तह र जिल्ला समन्वय समितिमा ठूलो संख्या करारमा कर्मचारी कार्यरत छन् ।