‘‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ”, मन्त्री साहले भने,‘‘ प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।”
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बागमती प्रदेशको नाम र राजधानी दुबै अनुपयुक्त रहेको बताउनुभयो । बागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म …
प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नम्बर २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेका छन् ।सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा […]
काठमाडौं । नाम र राजधानी तोकिएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा सरकारले सार्वजनिक बिदा दिएको हो । चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र राजधानी टुंगो लागेको हो । सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको थियो […]
काठमाडौं । प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोमबारको प्रदेश सभा बैठकमा मधेस नाम र जनकपुरधाम राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भयो । प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित एक […]
काठमाडौँ – नाम र राजधानी तोकिएको खुसीयालीमा मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेशसभामा मतदानबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’पारित भएको खुसीयालीमा सरकारले आज (मंगलबार)का लागि सार्वजनिक बिदा दिने घोषणा गरेको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। मधेसको […]
नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।
सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ...
वीरगंज : प्रदेश नम्बर २ को नाम र राजधानी तय गर्न आज प्रदेश २ को प्रदशेसभामा मतदानको कार्यतालिका छ।
प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ-आफ्नै अडान दोहोर्याएपछि नाम र राजधानी टुंग्याउन आज मतदान हुने भएको हो। आज प्रदेशसभाको बैठकमा सांसदहरुको बोल्ने क्रम सकिएको छ। तर, राजनीतिक दलहरुबिच सहमति जुट्न सकेको छैन। अब…
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने बताएका छन् ।
प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका-...
२७ पुस, जनकपुरधाम । प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने भएको छ । आगमी माघ ३ गते मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा सबै राजनीतिक दलका सांसद् सहभागी भएको संसदीय समिति गठन भएको थियो । तर, समितिमा पटक-पटक छलफल […]
काठमाडौँ, १३ पुस। प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ । आज (मंगलबार) बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । प्रदेशसभामार्फत आज ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ । दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन […]