माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिमकालमा एक्लिएको दृष्टान्ट पेस गर्दै आफूलाई पनि कहिलेकाहीं १/२ वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताएका हुन् ।