करोडौँको बीचमा छु, तर एक्लो महसुस हुन थाल्यो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।  मंगलबार काठमाडौँमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले एक्लो महसुस भएको बताएका हुन् ।  जनयुद्धका बेला सिङ्गो मानव जातिको लागि काम […]

सम्बन्धित सामग्री

स्वतन्त्रता र दासत्वको प्रतिविम्ब ‘अ क्याट एट द इण्ड अफ द वर्ल्ड’

जब मान्छेले रुखमा आत्मा हुँदैन भन्ने कुरामा विश्वास गर्न थाल्यो, तबदेखि मान्छेले आफूलाई बाहेक संसारका कुनै पनि वस्तु या प्राणीलाई जिउँदो देख्नै छोड्यो ।

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण

लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे । पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताएका थिए । ‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ । तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो । प्रज्ञा प्रतिष्ठानको गेटमा आइपुग्दासम्म खुट्टा नै काँपेको महसुस भयो ।’‘एउटा लेखक २/४ वर्

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण

काठमाण्डौ – लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा पुस्तक लोकार्पण गरिएकाे हाे । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरेका थिए ।  पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताउनुभयाे । ‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ । तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो । प्रज्ञा प्रतिष्ठानको गेटमा आइपुग्दासम्म खुट्टा नै काँपेको महसुस भयो’, उहाँले भन्न...

सिंगो मानवका लागि जनयुद्ध गरियो, अहिले एक्लो महसुस हुन थाल्यो : प्रचण्ड

सिंगो मानवका लागि जनयुद्ध गरियो, अहिले एक्लो महसुस हुन थाल्यो : प्रचण्ड

रघुवीर सहायका तीन कविता

अंग्रेजी अंग्रेजले  अंग्रेजी पढाएर  प्रजा बनाए अंग्रेजी पढाएर अब हामी प्रजा बनाइरहेका छौँ ! ००० तपाईंको हाँसो निर्धन जनताको शोषण भइरहेछ  भन्दै तपाईं हाँस्नुभयो लोकतन्त्रको अन्तिम क्षण हो भन्दै तपाईं हाँस्नुभयो  साराका सारा भ्रष्टाचारी हुन् भन्दै तपाईं हाँस्नुभयो चारैतिर लाचारी छ भन्दै तपाईं हाँस्नुभयो  तपाईं कति सुरक्षित हुनुहुन्छ  म यो सोच्न लागेँ सहसा, मलाई एक्लो पाएर  तपाईं फेरि हाँस्नुभयो ।  ००० डर  राम्रो अंग्रेजी त्यो मान्छेले बोल्न थाल्यो जो केही बेरअघिसम्म मेरै भाषा बोलिरहेको थियो म डराएँ...

किन चाहियो पैसा !

पैसाको सन्दर्भमा केहीले के भन्ने गर्छन् भने मरेर के लानु छ र ? बाचुन्जेल ढुक्कले खान पुगे भयो । वास्तवमा यस्ता शब्दहरू बच्चाहरूको अगाडि बोल्नु पनि पाप हो । कसैले त केसम्म भन्छन् भने सिकन्दर पनि खाली आएको थियो खाली हात नै गयो । तर, मानव मात्रले बुझ्नुपर्ने के छ भने खाली हात मर्नुपर्छ भने पनि सिकन्दर बनेर मर्नुपर्छ ऐरेगैरे नथ्थु खैरे बनेर होइन । मर्नुमा पनि मजा आओस् । मर्दा केही लाने होइन, ज्यूँदो छँदा पनि विभिन्न रोगले गर्दा केही खान नमिल्ने होस् तर कमाउने प्रयास त गर्नुपर्छ बरु त्यो सम्पत्ति कसैलाई दान दिएर नै मर्न किन नपरोस् । मानिसले आफ्नो जीवनमा सबैभन्दा माथि पुग्ने प्रयास गर्नबाट कहिल्यै पछि हट्नु हुँदैन । पैसा कमाउने प्रयासबाट वञ्चित हुनु हुँदैन । पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरिकाले सोचेर लगानी गर्ने हो भने कमाइ नहुने भन्ने छँदै छैन  । लगानी गर्दा अलिकति सोचविचार भने गर्नुपर्छ । पैसा लगनशीलता, जोखिम ग्रहणता, धैर्य र निरन्तर प्रयासको प्रतिफल हो । यसैको माध्यमबाट मानिसले अनेक खुशी किन्न सक्छ समुद्रको किनारमा जलको छालसँग खेल्न सक्छ । अनेक व्यक्तिलाई पुरस्कार दिन सकिन्छ, भोकोलाई गाँस, र नाँगोलाई कपास दिन सकिन्छ । त्यसकारणले पैसा कमाउने विषयमा कहिल्यै बहाना नबनाऊँ । यो हातको पौरख, मुटुका लागि साहस, दिमागका लागि इन्टेलिजेन्स हो, अनजान ठाउँमा वास हो र जीवन जिउने अति महŒवपूर्ण प्रयास हो । यी विविध कारणले गर्दा पैसा कमाउन निर्भयका साथ लगानी गरौं । लगानी जहिले पनि सम्पत्तिमा गराैं दायित्वमा होइन, जस्तै जग्गा, घर शेयर, शिक्षा, आदि सम्पत्ति हुन् यी सबैले थप आम्दानी दिन्छ । तर, महँगो कार, घोडा, महँगो सुट, घडी मोबाइल, आवश्यकताबाहेक गाडी आदि सबै दायित्व हुन् । त्यसैले सम्भव भएसम्म दायित्वमा भन्दा सम्पत्तिमा लगानी गरौं । अमेरिकामा २ श्रीमान् श्रीमती थिए तर दुई बीच झगडा थियो, सधैं झगडा हुन्थ्यो । श्रीमती लोग्नेको सम्पत्तिका लागि मात्र पतिसँग बसेकी थिइनन् । १ दिन यो दम्पत्तिबीच सम्बन्ध विच्छेदको अवस्था आयो । श्रीमतीले ठूलो धनराशी लिएरमात्र छोडपत्र दिने भइन् । अन्तिममा त्यो लोग्नेसँग केबल ७० डलर बच्यो । उमेर गएको थियो लगानी गर्ने पैसा थिएन । बाँचेर पनि के खाने कुनै थप उपाय थिएन । उसले आत्महत्या गर्ने सोच्यो अनि आत्महत्या गर्न डेराबाट निस्क्यो । बिहानै थियो, आत्महत्या त जतिबेला गरे पनि हुन्छ तर यो ७० डलर लगेर क्यासिनोमा थापें भने कतै टन्न पैसा कमाइ हाल्छु कि भनेर, क्यासिनोतिर मोडियो । क्यासिनो पैसा लगाउन जानेको भीड थियो । लाइनमा उसले एउटा पत्रिका उठाएर हेर्न थाल्यो जुन बाटोमा यसै फ्याकिएको थियो । यो पत्रिकामा एउटा लीलामीको सूचना थियो । ऊ उभिएको केही किलोमीटर पर सरकारले एउटा खानी लीलामी गर्दै थियो र त्यसको मिति आज नै थियो । उसले सोच्यो यो क्यसिनोमा भीड बढी छ बरु त्यही लीलामी स्थलमा गएर हेरौं के छ तमाशा । ऊ खानीस्थलतिर गयो । अचम्म कोही पनि त्यो खानीमा लगानी गर्न आएको थिएन किनकि सरकारले समेत केही गर्न नसकेर लीलामी गर्दै थियो । त्यति बेला ऊ एक्लो बिड गर्ने व्यक्ति थियो उसले केबल ७० डलरको बोली लगायो । त्यो खानीमा सुन निकाल्न सरकाले करोडाैं लगानी गरेको थियो । केही ननिस्केपछि लीलामी हुँदै थियो । अरू कोही प्रतिस्पर्धी नभएपछि खानी उसको भयो । त्यति बेला लीलामीमा न्यूनतम योभन्दा बढीको बोली लगाउनुपर्ने भन्ने नियम हुँदैनथ्यो । न्यूनतम मूल्यको नियम सन् १९९२ पछि मात्र शुरू भएको हो । यसरी ७० डलरमा कसैलाई काम नलाग्ने खानी उसको नाममा आयो । अब यसैमा मर्नुपर्ला भन्ने सोच्दै थियो । उताबाट केही मानिस उसको नजिक आए र भने अब तपाईं हाम्रो मालिक हुनुभयो । हामी यहाँ खन्ने कामदार हौं । आज ५ बजेसम्मको ज्याला हामीले बुझिसकेका छौं । अझ ३ घण्टा दिन बाँकी छ, हामीले खनौं कि के गराैं ? उसले भन्यो ज्याला बुझेकाले खन्नुहोस् । कामदारले खन्न थाले । हर्षको कुरा त के भयो भने त्यो खानी थप ३ फीट खन्नासाथ सुन निस्कियो । ऊ लाखाैं टन सुनको मालिक बन्यो । यो हो, पैसाको करामत वा लगानीको महत्त्व, ३ फीटले उसको बदलियो जिन्दगी । पैसाले यस्ता चमत्कार गरेका अनेक उदाहरण छन् । नेपालको शेयरबजारमा गरेको लगानीले पनि दोस्रो बजारमा ११३ मा किनेको शेयर १० महीनामा १३३० बनेको छ । त्यसैले पैसाको लगानीमा महान् शक्ति हुने भएकाले यसका लागि अनेक तरीकाले प्रयास गरौं । पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरीकाले सोचेर लगानी गर्ने हो भने कमाई नहुने भन्ने छँदै छैन, अपवादलाई छोडेर । लगानी गर्दा अलिकति सोचविचार गर्नुपर्छ । लाभदायक क्षेत्र छनोट गर्नुपर्छ । अन्य जोखिम लिन सकिँदैन भने पनि मुद्दतीमै भए पनि पैसा राख्ने हो भने धेरथोर नियमित ब्याज आउँछ । सरकारी बन्ड वा ट्रेजरी बिलमा पनि लगानी गर्न सकिन्छ । पैसा यो जगत्को सबैभन्दा सशक्त प्रजनन शक्ति भएको साधन भएकाले यसलाई निष्क्रिय नगरौं । लगानीविना पैसा अधुरो हुने भएकाले हरेक विद्यार्थीमा व्यवसाय तथा उद्यमशीलता सम्बन्धी सोचको विकास हुनुपर्छ । हुनेहरूले पैसालाई सन्तानहीन बनाउन रोक्ने हो भने अन्य हजाराैं बेरोजगारले रोजगारी पाउने अवसर सृजना हुन जान्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

त्रास

मान्छे मर्दा कति धेरै सहानुभूति प्राप्त हुन्थे । साथसहयोगका भावनाहरू उर्लिन्थे । रातबिहान केही भन्दैन थिए। खै आज न कसैको सहानुभूति देखिन्छ न साथसहयोग । मान्छेको मृत्यु पनि कति सस्तो हुँदै गएछ ! कुकुर बिरालोको मृत्युजस्तै लाग्न थाल्यो उसलाई । टाउकोमा हात र...

पलायन

सवारी दुर्घटनामा श्रीमान् र किशोरी छोरीको मृत्युले आहत भए पनि दुखजिलो गरी पढाएको छोरोले दश कक्षाको परीक्षामा निकै राम्रो गरेपछि विनाले जीवनको यो कालमा अलिक सन्तुष्टिको सास फेर्न पाएकी थिइन् । तर यो क्षणिक मात्र रहन पायो । परिवारमा बाँचेको त्यै एक्लो छोराले पनि उच्च शिक्षाका लागि शहर जाने अड्डी कस्न थाल्यो । जति नै सम्झाए –बुझाए पनि उसैले जित्यो ।

कुहिराे

प्रमाेद प्याकुरेल जीवनको उत्तराद्र्घमा मलाई आफू एक्लो भएकाले बाँच्नका लागि सामाजिक सुरक्षा आवश्यकता महसुस हुन थाल्यो । आफ्नाे विगतका क्रियाकलापहरूक...