काठमाण्डौ - ललितपुर महानगरपालिकाभित्र आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ ।
खोप लगाउनका लागि विभिन्न २९ ठाउँमा केन्द्र तोकिएका छन् । एउटा वडामा एउटा खोप केन्द्र तोकेर खोप लगाउने समय तय गरिएको महानगरपालिकाले जनाएको छ ।
शनिवारबाहेक १३ गतेसम्म आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सकिने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताउनुभएको छ ।
कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको ...