कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा (डोज) का लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले आफ्नो सबै वडामा खोप केन्द्र तोेकेको छ ।
काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । त्यस्तै ललितपुर महानगरपालिकाले २९ वटै वडामा र भक्तपुर नगरपालिकले पनि आफ्नो १० वटै वडामा खोप केन्द्र तोकेको छ ।