काठमाडौं : ललितपुर महानगरपालिका कार्यालयले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलि (बुधबार)बाट कोभिशिल्ड खोपको दोस्रो डोज दिने भएको छ।खोप कार्यत्रक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।महानगरसँग बाँकी रहेको करिब २५ सय डोज खोप लगाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए।यसमध्ये ललितपुरमा ७७ वर्ष माथिका २ हजार २ सय २० जनाले दोस्रो डोजको खोप लिन बाँकी रहेको तथ्यांक छ भने बाँकी खोप जनप्रतिनिधि, स्वयंसेवक र कर्मचारीलाई दिइने छ।&nbs