काठमाडौं : निर्वाचन आयोगले मत गणनामा समस्या हुने भएपछि स्वस्तिक छाप र चुनाव चिन्हको रङ एउटै नहोस् भनेर हरियो मतपत्र बनाएको प्रष्ट पारेको छ। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आयोगले मतपत्र हरियो बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि आयोगले त्यसबारे प्रष्ट पारेको हो। ओलीले कांग्रेसको चुनाव चिह्न रूख भएकाले सबैले हरियो मात्रै देखून् भनेर हरियो मतपत्र राख्न लागेको हो? भन्दै प्रश्न गरेका थिए। आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका सह-प्रवक्ता