काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको जनादेशले देशलाई अस्थिरतातर्फ धकेल्ने बताएका छन्। काठमाडौंमा आयोजित आर्थिक पत्रकार समाजको २६ औं वार्षिकोत्सवमा बोल्दै एमाले नेता पौडेलले यसबाट देश दुर्घटनामा समेत पर्न सक्ने बताए। उनले भने, ‘अहिलेको जनदेशबाट स्थिर सरकार निर्माण हुँदैन। यसले मुलकालाई अस्थिरतातर्फ धकेल्ने छ। मुलुक दुर्घटनामा पर्न सक्छ।’कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा त