कुरिलो तथा अन्य खानेकुरा खान छोड्दा स्तन क्यान्सर नबढ्ने नेचर जर्नलमा प्रकाशित एक आलेखले उल्लेख गरेको छ ।
कुरिलो, माछा र बदाम जस्ता खानेकुराबाट निकालिएको अमिनो एसिड एस्पाराजाइनले स्तन क्यान्सर तीव्र गतिमा फैलाउन योगदान गर्ने क्याम्ब्रिज विश्वविद्यालयको अनुसन्धानले देखाएको छ ।
मुसा र मानिसको ट्यूमर परीक्षण गर्दा वैज्ञानिकहरूले एस्पाराजाइनले रोग फैलाउने जोखिम बढाउने पत्ता लगाए ।
‘एस्पाराजाइन कम खान थाल्दा रोगीलाई फाइदा त हुन्छ तर हामी बिरामीहरूलाई कुनै पनि खानेकुरा चिकित्सकलाई नसोधिकन झ्याप्पै न...