नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारी आगामी प्रदेश र संघको चुनावपछि मात्रै टुंगो लगाउने मनस्थिति बनाएको छ । तत्काल पदाधिकारी टुंगो लगाउनतिर लाग्दा पार्टीमा थप गुटबन्दी सृजना भई चुनावमा असर पर्न सक्ने निष्कर्षका साथ चुनावपछि या कार्यलाई चुनावपछि धकेल्न लागिएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थानीय तह चुनाव लगत्तै पार्टी पदाधिकारी सहित अपूर्ण केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र सबै जनवर्गीय संगठनलाई पूर्णता दिने घोषणा गरेका थिए । तर केन्द्रीय समिति, पोल