माधव नेपालको दाबी : यो गठबन्धन कायम रहन्छ, म कुनै प्रलोभनमा पर्दिनँ

सुर्खेत, १९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । आज (बिहीबार) कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म […]

सम्बन्धित सामग्री

गठबन्धनको भर पर्दा कमजाेर भयाैँ, अब सोचेभन्दा धेरै जित्छाैँ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पाँचदलीय गठबन्धन संघीय र प्रदेश निर्वाचन पछिसम्म कायमै रहने दाबी गरेका छन्।एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिबार सदरमुकाम सिलगढी पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको दाबी गरे। उनले भने, ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्।’उनले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको जिकिर गरे।

वामपन्थी दलहरू मिल्दा काँग्रेस आत्तिनु भएन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय  गठबन्धनले देशलाई सङ्कटबाट बचाएको दाबी गरेका छन् । उनले गठबन्धनले संविधान जोगाउनुका साथै देशमा देखिएको अस्थिरतालाई कम गरेको बताए । समाजवादी प्रेस सङ्गठनले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन चुनावमा जाँदा पार्टीलाई भएको फाइदा बताउँदै आगामी चुनावसम्म गठबन्धन  कायमै रहने बताए । अघिल्लो चुनावमा भएका कमजोरीहरूलाई सच्याउँदै पाँच दलीय गठबन्धन कायम रहनुपर्नेमा उनको जोड थियो। यद्यपि उनले चुनावमा ग