काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पाँचदलीय गठबन्धन संघीय र प्रदेश निर्वाचन पछिसम्म कायमै रहने दाबी गरेका छन्।एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिबार सदरमुकाम सिलगढी पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको दाबी गरे। उनले भने, ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्।’उनले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको जिकिर गरे।