नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले देशलाई सङ्कटबाट बचाएको दाबी गरेका छन् । उनले गठबन्धनले संविधान जोगाउनुका साथै देशमा देखिएको अस्थिरतालाई कम गरेको बताए । समाजवादी प्रेस सङ्गठनले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन चुनावमा जाँदा पार्टीलाई भएको फाइदा बताउँदै आगामी चुनावसम्म गठबन्धन कायमै रहने बताए । अघिल्लो चुनावमा भएका कमजोरीहरूलाई सच्याउँदै पाँच दलीय गठबन्धन कायम रहनुपर्नेमा उनको जोड थियो। यद्यपि उनले चुनावमा ग