काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर पाँच प्रतिशत नजिक झरेको छ । ११ हजार तीन सय ५५ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको यो सङ्ख्या पछिल्लो आठ महिनापछिकै कम हो ।
काठमाण्डौ उपत्यकामा दशैँअघि विभिन्न जात्राहरू भए, जहाँ हजारौँको भिड थियो । दशैँअघिको किनमेलका कारण काठमाण्डौ उपत्यकासहित देशभरका सहर तथा स–साना बजारमा पनि भिड लाग्...