अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ । अमेरिकाका पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा दर्ता भएको याे पहिलो पटक भएको बीबीसीले जनाएको छ ।
लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको हो । ट्रम्पमाथि विवाहेतर यौनसम्बन्धलगायत दुई दर्जन मुद्दा लाग्ने बीबीसीले जनाएको छ । मुद्दा दर्तासँगै ट्रम्पको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुन सक्ने जनाइएको छ । ट्रम्प पुनः राष्ट्रपतिमा चुनाव लड्ने योजनामा रहनुभएकोमा अब त्यो बाटो ब...