काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।
आज अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्। प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा विचाराधीन मुद्दामा अदालत तथा वरिष्ठ अधिवक्ताहरुको प्रधानमन्त्रीले मानमर्दन गरेको भन्दै मुद्दा दर्ता गरिएको हो।
माघ ९ गते केपी शर्मा ओलीले कार्की व्याङ्क्वेट भएको एक कार्यक्रममा…