घुम्न जाऊँ है सोलुको दूधकुण्ड (तस्बिरहरू)

दूधकुण्डको दर्शन गर्दा पापकर्म नष्ट हुने, कुण्डको जल ल्याएर घरमा र घरका सदस्यहरुलाई छर्किएमा सुख शान्ति तथा धन प्राप्त हुने, निसन्तान दम्पतीलाई सन्तान प्राप्त हुनेलगायतको जनविश्वास रहेको पाइन्छ।

सम्बन्धित सामग्री

पर्यटकीय क्षेत्र बोकेर घुम्न जाऊँ इलाम अभियानमा पर्यटन व्यवसायी

आफ्नो वरिपरिभीर, पाखा र कान्लाभरिथुम्का थुम्का चिया, रझुम्का–झुम्का अलैँची उमारेरसन्तोषले एक्कासि सस्मित उठेको झैँहरियो भरियो इलामलाई देख्दा मलाईनेपालभरि अलिअलि इलाम छर्न मन लाग्योकवि भूपी शेरचनले लेखेका यी कविता पङ्क्तिले भने झैँ इलामका पर्यटन व्यवसायी इलाम घुम्न जाऊँ अभियानमा देशका पश्चिमी जिल्लाको अभियानमा निस्किएका छन् । इलामको माई पोखरीको जल, पाथीभराको माटो र इलामका गीत सङ्गीत […] The post पर्यटकीय क्षेत्र बोकेर घुम्न जाऊँ इलाम अभियानमा पर्यटन व्यवसायी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

४ दशक लामो स्थानीय राजनीति खोतल्ने घलेगाउँको कथा

घले गाउँ सुन्नेबित्तिकै लमजुङ जाऊँ-जाऊँ लाग्छ। लजमुङ पुग्नेहरू सबै घलेगाउँ पुग्छन् भन्ने त छैन तर बेंसी सहरबाट २४ किलोमिटरको दुरीमा रहेको घलेगाउँ नपुग्दाचाहिं थकथकी मान्छन्। त्यहाँ पुग्नेहरू फर्किएर साथीभाइ आफ्ना आफन्तलाई घुम्न अनुरोध गर्छन् घलेगाउँ। यस्तो भन्न किन सक्छन् ती पर्यटकले? यसको उत्तर दिन खोजेका छन् प्रेमबहादुर घलेले आफ्नो किताब ‘घलेगाउँको कथा’ मार्फत्। ग्रामीण पर्यटन […]

सान फ्रान्सिस्कोमा छुटेकी माया

‘भेट नभएको पनि धेरै दिन भइसक्यो । कही दिन छुट्टी मिलाऊ न माया कतै घुम्न जाऊँ। हिजोआज त मलाई यहाँ साह्रै नरमाइलो लाग्न बा छ ।’ एकाबिहानै मोहनले मायालाई सान फ्रान्सिस्कोमा टेलिफोनमा भन्यो । सदा झै त्यस दिन पनि मायाले उसको आग्रहलाई उपेक्षा गर्दै भनिन्- ‘यो महिनाभरि त सम्भव नै छैन । अफिसमा अन्डरस्टाफि त […]

‘बन्दीपुर घुम्न जाऊँ’ अभियान

तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडी बढाउने भएको छ । पहाडकी रानी नामले परिचित गाउँपालिकाले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ : बन्दीपुर घुम्न जाऊँ’ अभियान सञ्चालन गर्न लागेको हो । बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवर्द्धनका कार्य प्राथमिकताका साथ अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुर […]

बिदा माने विकास !

स्थानीय चुनावको मतगणना जारी छ । एमालेमाथि कांग्रेस भारी छ । सडकमा फोहोर थुपारी छ । देशैभर बिदामाथि बिदाको उर्दी जारी छ । पेट्रोलियममा मूल्यवृद्धिको लगातार सवारी छ । यातायातको भाडा बढाउने फेरि अर्को तयारी छ । सरकार बिन्दास छ । जनता जिन्दावादमा व्यस्त छन् । काम गरेर खानुपर्नेहरू, कर तिर्नुपर्नेहरू थपिएको बिदाका कारण व्यवसाय चौपट हुँदै गएकोमा त्रस्त छन् । केही गर्नु नपर्नेहरू बिदा थपिएकोमा मस्त छन् । हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयबारे पक्षविपक्षमा आआफ्ना तर्क छन् । किनकि सबैका आआफ्ना अर्थ छन्, आआफ्ना स्वार्थ छन् । अन्य तरिकाले नेपालको विकास गर्न नसके पनि धेरै बिदा दिएर गर्ने विकासको मोडलको पनि अभ्यास त गर्नैपर्‍यो नि ।    दुईदिने बिदाले खासगरी महिलाहरूको कल्याण हुन्छ रे । एक दिन लुगा धुने, घर सरसफाइ गर्ने । अर्को दिन पूरै दिनभरि सुत्ने वा बाहिर घुम्न जाने मौका उनीहरूलाई जुर्छ रे । दुईदिने बिदाले आन्तरिक पर्यटन पनि बढ्छ रे । अब विदेशी पर्यटक पनि नचाहिने भो जस्तो छ । त्यस्तै दुई दिन बिदा भएसि करेसाबारीमा तरकारी धेरै फल्छ रे । यसको मतलब अब भारतबाट तरकारी आयात हट्ने भो, नभए पनि स्वात्तै घट्ने भो । बिदा दिए मानिस सुतिरहन्छन्, कोेची कोची खाँदैनन् अनि खाद्यान्नको आयात पनि घट्छ भनेरै सरकारले योे निन्जा टेक्निक लगाएको जस्तो छ । बिदाको दुरुपयोग होला भनेर सरकारले तास र दारु आयातमा प्रतिबन्ध लगाएर मात्र दुईदिने बिदाको घोषणा गर्‍यो । नत्र त बिदा बढाउँदै उत्पादन वृद्धि गर्ने सरकारको नीति फेल खान्थ्यो । अनि अब पनि कसैले भन्न सक्छ नेपालमा दूरदर्शी नेता र नीति निर्माताहरू छैनन् भनेर ?   सरकारले खासमा चाहिँ पेट्रोलियमको खपत घटाउन दुई दिन बिदा द्या रे । तर उता बिदामा घुम्न जान पाउँदा यसको खपत चाहिँ दोब्बर हुने भा छ रे । अहिले भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएका कारण गहुँ लगायतमा भाउ बढेर छोइनसक्नु भा छ । अब गहुँको आयात घटाउन पनि कुनै नयाँ बिदाको योजना अघि सार्न म सरकारसँग जोडदार माग गर्दछु । ‘हाउथोर्न इफेक्ट’ भन्ने व्यवस्थापनको एउटा सिद्धान्त छ । यो सिद्धान्तले भन्न त अर्थोकै भन्छ, तर त्यसको नेपाली स्थानीयकरण अनुसार बढी बिदा भयो भने उत्पादकत्व बढ्छ रे । शायद त्यै भएर सरकारले हप्तामा ५ दिन मात्र काम गर्ने भनेर बनाएको होला । अब त्यो पनि घटाउँदै हप्तामा ४ दिन, ३ दिन काम गर्ने बनाउँदै जाऊँ न त, अझ उत्पादकत्व बढ्दै जान्छ कि ! हुन पनि दुनियाँले दुई दिन बिदा गरेर उत्पादकत्व बढाइराछन् भने हाम्रोमा किन नहुने ? विकसित भनिएका सबै देशमा दुईदिने बिदा देखेकै छौं । खाली अहिलेको प्रावधानले सरकारी अफिस बन्द हुँदा पनि प्राइभेट अफिस मात्र खुल्दा के हुने हो भन्ने मात्र प्रश्न हो । हप्तामा दुई दिन बिदा दिने देशहरूमा नेपालमा जस्तो अन्य बिदा यति धेरै त हुन्न होला । अनि उनीहरू कामका दिन राम्रैसँग काम गर्छन् होला । कि हाम्रा सरकारी कर्मचारीले जस्तै ‘सरकारी काम, कैले जाला घाम’ गर्छन् होला हँ ? जसरी अहिले पैसा झिक्न बैंकमा जानु पर्दैन, त्यसैगरी नागरिकता, पासपोर्ट आदि बनाउन सीडीओ अफिस जान नपर्ने भो भने त सरकारी अफिस सातै दिन बन्द गरे पनि भैगो त । शान्तिसुरक्षा आदि केही काम गर्नैपर्ने अवस्था हो भने सीडीओ सापको काम प्रहरी प्रभावलाई सुम्पिदिए पनि भो । सरकारले जनसंख्या कम भएकाले दुई दिन बिदा दिएर जनसंख्यामा चैं उत्पादकत्व बढाउन सोच्या पनि हुन सक्छ । सरकारहरू त दूरदर्शी पो हुन्छन् हाम्रोतिर । यसै पनि अहिले शनिवार र आइतवार गरेर १०४ र अन्य बिदा ४६ दिन जोड्दा १५० दिन अर्थात् वर्षको ६ महीना त बिदै हुँदो रेछ । योबाहेक एकजना सरकारी कर्मचारीले वर्षमा ३० दिन घर बिदा, १२ दिन बिरामी बिदा अनि १२ दिन व्यावि पर्व बिदा पनि पाउँछ । अझ, बेलाबेलामा कहिले कुनै विदेशी नेपाल आउँदा होस् वा कुनै समूहको दबाबको सनकमा सरकारले भोलिपल्ट बिदा हुने भन्ने सूचना अघिल्लो दिन राति ११ बजेतिर उर्दी जारी गरेर दिइने बिदाको त यहाँ हिसाबै छैन । यसरी ६ महीनाभन्दा कम काम गर्ने, ६ महीना काम नगर्ने । यो कुम्भकर्णवाला प्राचीन बिदा प्रणाली ठीकै त होला । किनकि जति धेरै विकास, त्यति धेरै बिदा थपिन्छ रे । अन्य तरिकाले नेपालको विकास गर्न नसके पनि धेरै बिदा दिएर गर्ने विकासको मोडलको पनि अभ्यास त गर्नैपर्‍यो नि । त्यसैले बिदा बढेकोमा खासै चिन्ता गर्नुपर्ने देखिन्न है । बरु फाइदा पो हुन्छ कि ? कुनै तथ्यांकशास्त्रीले एक दिन सरकारी अफिस बिदा हुँदा कति भ्रष्टाचार कम हुन्छ भनेर अध्ययन गरे नि हुने हो । काम नभएको दिन भ्रष्टाचार नहुने भएपछि भ्रष्टाचार पनि पक्कै घट्छ होला । दुई दिन बिदा भनेको सरकारी अफिस मात्र बन्द भा न हो । अरू क्यै भा छैन । अनि केको गुनासो ? यसै पनि बिदा कम हुँदा कुन चैं उत्पादकत्व सरकारी निकायबाट भा छ र ? तर २०५६ सालमा पनि सरकारले हप्तामा दुई दिन बिदा दिने चलन ल्याएको थियो । २० वर्षअघि फेल भएको त्यही अभ्यास अहिले फेरि किन ल्याए, पक्कै क्यै रहस्य होला । ‘अहिलेको आर्थिक मन्दीको अवस्थामा छफफल सीधा हुनुपर्ने थियो, कसरी आयात घटाउने र निर्यात बढाउने भनेर । तर सरकारले अरू कुरा छाडेर बिदा बढाउनेमा गयो’ भन्नुहोला । बिदा बढाउँदै आर्थिक वृद्धिदर पनि बढाउने नीति अंगीकार गरेको हो सरकारले । प्रधानमन्त्री राम्रोसँग बोल्दैनन् भन्दैमा यति धेरै जान्ने सुन्ने सरकारलाई मानिसले बुझ्ने प्रयासै नगर्नु पनि उचित भएन कि ? फेरि सरकारले जनसंख्या कम भएकाले दुई दिन बिदा दिएर जनसंख्यामा चैं उत्पादकत्व बढाउन सोच्या पनि हुन सक्छ । सरकारहरू त दूरदर्शी पो हुन्छन् हाम्रोतिर । त्यसैले जति बिदा थपियो, उत्ति नै उत्पादकत्व बढ्छ कि हेरौं न त । के बिग्य्रा छ र ? वास्तवमा देश विकास नभाकै बिदा कम भएर पो हो कि ? यति धेरै चाडपर्व र बिदै बिदा भएपछि अब त देशमा विकासले छलाङ कसो नमार्ला हँ ?

‘दुबई घुम्न गएको थिएँ, आफ्नै ठाउँका युवा अलपत्र भेटेपछि उद्धार गरेँ’

नितेन्द्र प्रसाद साह/ मेयर, बहुदरमाई नगरपालिका, पर्सा । यसपालिको दसैँमा साथीहरूले दुबई घुम्न जाऊँ भने । साथीहरूको आग्रह अनुसार म पनि दुबई घुम्न गएँ । जाने बेलामा मेरो एक जना साथीले ‘ट्राभलिङ टू दुबई’ लेखेर फेसबुकमा मसहितको फोटो हालेको रहेछ । त्यो फेसबुक पोस्ट मेरो वडाका केही युवाहरूले देखेछन् । ...

‘दुबई घुम्न गएको थिएँ, आफ्नै ठाउँका युवा अलपत्र भेटेपछि उद्धार गरेँ’

नितेन्द्र प्रसाद साह/ मेयर, बहुदरमाई नगरपालिका, पर्सा । यसपालिको दसैँमा साथीहरूले दुबई घुम्न जाऊँ भने । साथीहरूको आग्रह अनुसार म पनि दुबई घुम्न गएँ । जाने बेलामा मेरो एक जना साथीले ‘ट्राभलिङ टू दुबई’ लेखेर फेसबुकमा मसहितको फोटो हालेको रहेछ । त्यो फेसबुक पोस्ट मेरो वडाका केही युवाहरूले देखेछन् ।  यूएईको भोलिपल्ट त ह्वाट्सएपमा लगातार म्यासेज आउन थाल्यो । ‘हाम्रो छोराछोरी त्यहाँ अलपत्र छन् मेयरसाब लिएर आइदिनुस्’ भन्दै मेरो गाउँका मानिसहरूले रुँदै गुहार गरेको भिडियो पनि मलाई पठाए ...

सरोजले गीत मार्फत आश्मालाई भने ‘घुम्न जाऊँ न’

शैलेन्द्र मुढभरीको स्वर रहेको गीत ‘घुम्न जाऊँ न’ सार्वजनिक भएको छ । राम सिटौलाको शब्द, संगीत रहेको गीतमा विश्व अधिकारीको संगीत संयोजन छ । गीतको भिडियो कार्टुन क्रियुका सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्स देख्न सकिन्छ । सरोज र आश्मासँगै भिडियोमा पेम्बा मगर, सन्देश थापा र विजय अधिकारी पनि देखिएका छन् ।सरोजकैै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईं छायाँकन र सरोजकै सम्पादन रहेको छ ।

मन साट्ने १७ ठाँउ

प्रेम दिवसमा पे्रमी–प्रेमिकाहरू आफ्नो जोडीहरूसँग कहाँ घुम्न जाने भनेर सोचेका हुन्छन् । प्रेम दिवसमा कहाँ जाऊँ भनेर उनीहरू सोचिरहेका छन् । यदि यसो हो भन्ने पिर नलिए हुन्छ किनभने अहिले विनाशुल्क जानपाइने धेरै ठाउँ छन् । यो वर्षको भ्यालेन्टाइन डे मनाउनका लागि राम्रो नयाँ डेटिङस्पट यी हुन सक्छन् ।