घले गाउँ सुन्नेबित्तिकै लमजुङ जाऊँ-जाऊँ लाग्छ। लजमुङ पुग्नेहरू सबै घलेगाउँ पुग्छन् भन्ने त छैन तर बेंसी सहरबाट २४ किलोमिटरको दुरीमा रहेको घलेगाउँ नपुग्दाचाहिं थकथकी मान्छन्। त्यहाँ पुग्नेहरू फर्किएर साथीभाइ आफ्ना आफन्तलाई घुम्न अनुरोध गर्छन् घलेगाउँ। यस्तो भन्न किन सक्छन् ती पर्यटकले? यसको उत्तर दिन खोजेका छन् प्रेमबहादुर घलेले आफ्नो किताब ‘घलेगाउँको कथा’ मार्फत्। ग्रामीण पर्यटन […]