मेलम्ची बन्द भएपछि बौरिए पानी ट्यांकर

उनका अनुसार कोरोना महामारी र मेलम्ची पानीका कारण थन्किएका ट्यांकर मेलम्ची बन्द भएलगत्तै हुँइकिन थालेका हुन्।

सम्बन्धित सामग्री

कोटेश्वर हाईटमा आएन मेलम्ची पानी

काठमाडाैं । कोटेश्वर हाईटमा मेलम्ची पानी पुर्‍याउन समस्या भएको छ । मेलम्चीको पानी नपाएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी नआएको भन्दै स्थानीयले आज मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीयले निर्देशनालयलाई बारम्बार जानकारी गराउँदासमेत अझै महादेवस्थान हाइटका घरहरुमा पानी पुर्‍याउन नसकेको बताए । स्थानीय गोविन्दराज पन्तले […]

काठमाडाैंमा फेरि मेलम्ची पानी

काठमाडौं । सिन्धुपाल्चोक मेलम्ची खोलाबाट ल्याइएको पानी आधा वर्षपछि फेरि उपत्यकाबासीका धारासम्म पुगेको छ । पछिल्लोपटक २०७७ चैत दोस्रो सातादेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु गरिएको थियो । तर, १ असार २०७८ मा मेलम्ची नदीमा आएको बाढीपहिरोले संरचनामै क्षति पु-याएपछि खानेपानी खानेपानी वितरण बन्द गरिएको थियो । यसपछि बाढीले क्षति गरेको संरचना मर्मत गरेर अस्थायी […] The post काठमाडाैंमा फेरि मेलम्ची पानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मेलम्ची सुरुङमा चौथोपटक पानी हालियो

अघिल्लो वर्षामा क्षतिग्रस्त हेडवक्र्सबाटै अस्थायी रूपमा सुरुङमा पानी हालिएको हो। सम्भावित बाढीले थप क्षति पुर्‍याउन सक्ने आंकलन गर्दै गत जेठ दोस्रो सातातिर सुरुङको मुख बन्द गरेर पानी मेलम्ची खोलामा छाडिएको थियो।...

मेलम्ची पानी वर्षापछि मात्रै

काठमाडौं, जेठ १९ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् । मेलम्चीको पानी वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकामा वितरण शुरू भएको थियो । त्यसयता नियमित आएको पानी मंगलवारबाट बन्द भएको छ । यसअघि २०७७ चैतमा […]

मेलम्ची खोलाको पानी आजदेखि वाग्मती नदीमा बगाइने

काठमाण्डाै - मेलम्ची खोलाको पानी आजदेखि वाग्मती नदीमा बगाइने भएको छ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि गएको चैत २९ गते सुरुङमा पठाइएको पानी आजदेखि वाग्मती नदीमा बगाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी वाग्मतीमा पठाइने भन्दै वाग्मती किनारमा बस्नेहरूलाई सावधान रहन अनुरोध गरेको छ । समितिले निकालेको सूचनामा सुन्दरीजलदेखि तल वाग्मती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन भन...

१६ वैशाखपछि धारामा मेलम्ची पानी

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा सुन्दरीजल आइपुगेपछि त्यहाँ रहेको प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्नेछ । वितरण प्रणालीमार्फत उपभोक्ताका धारामा पानी पठाइनेछ […]

आजबाट पुनः काठमाडौं पठाइयो मेलम्ची नदीको पानी

मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ ।  गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा

मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण

बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेले आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको जानकारी

आजैबाट काठमाडौंका धारामा मेलम्ची पानी

काठमाडौं । काठमाडौंवासीका घरका धारामा आज (आइतबार)देखि मेलम्चीको पानी वितरणको कार्य थालिने भएको छ । सरकारले २२ वर्षदेखि काठमाडौं उपत्यकावासीले देख्दै आएको मेलम्ची पानीको सपना साकार बनाउन सफल भएको छ । सुरुका धेरै वर्ष मेलम्चीको काममा धेरै सुस्तता भए पनि पछिल्ला केही वर्षमा मेलम्चीको कामले निकै गति लिएको थियो । जसका कारण मेलम्ची पानी काठमाडांैमा […] The post आजैबाट काठमाडौंका धारामा मेलम्ची पानी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.