पसलमा आगजनी भएपछि धनुषामा प्रहरी र स्थानीयवासीबीच झडप

धनुषाको विदेह नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । सो नगरपालिकाको तिनकौरीया चोकको एक पसलमा आगजनी भएको विषयलाई लिएर आक्रोशित स्थानीयवासी र प्रहरीबीच आइतबार झडप भएको हो । स्थानीय सन्तोषकुमार मण्डलले सञ्चालन गर्दै आएको शान्ता पान पसलमा आगजनीको विषयलाई लिएर स्थानीयवासीले आइतबार बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । सोही सडक खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले आधा दर्जन बढी अश्रुग्यास सेल प्रहार गरेको थियो । झडपमा २

सम्बन्धित सामग्री

धनुषामा पसलमा आगलागी, प्रहरी र स्थानीयबीच झडप

एक पसलमा आगजनी भएको विषयमा धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा भएको  झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ८ राउण्ड अश्रुग्याँस प्रहार गरेको हो ।शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको पसलमा आगजनी भएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेको थियो । ५० मिटर नजिकै रहेको तीनकौरिया स्थित प्रहरी चौकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजनी गरेको भन्दै आक्रोशित स्थानीयले बाटो अवरुद्ध गर्दै प्रदर्

धनुषाको तिनकौरीयामा स्थानीय र प्रहरी बिच झडप, ८ सेल अश्रुग्यास प्रहार

जनकपुरधाम : धनुषामा स्थानीय र प्रहरीबिच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो। शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको सन्ता पान प्यालेसमा आगजनी गरिएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। सोही सडक खण्ड खुलाउने विषयमा प्रहरीले…

धनुषामा प्रहरी र व्यवसायीबीच झडप : अश्रुग्यास प्रहार, दुईजना घाइते

काठमाडौं । धनुषाको विदेह नगरपालिका तिनकौरीयामा व्यापारी र प्रहरीबीच झडप हुँदा आइतबार प्रहरीसहित दुईजना घाइते भएका छन् । अज्ञात समूहले पानपसलमा आगजनी गरेको र आक्रोशित स्थानीयले विरोध प्रदर्शन गर्दा झडप भएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले झडपमा परी स्थानीय र एकजना प्रहरी घाइते भएको जानकारी दिएको छ । धनुषाका प्रमुख...

धनुषामा स्थानीय र प्रहरीबीच झडप: आठ सेल अश्रुग्यास प्रहार, दुईजना घाइते

जनकपुरधाम – धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको पसलमा गएराति आगजनी भएको विषयमा स्थानीयहरुले सडक अवरुद्ध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। झडपको क्रममा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीतर्फ एकजना र […]