धनुषामा स्थानीय र प्रहरीबीच झडप: आठ सेल अश्रुग्यास प्रहार, दुईजना घाइते

जनकपुरधाम – धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको पसलमा गएराति आगजनी भएको विषयमा स्थानीयहरुले सडक अवरुद्ध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। झडपको क्रममा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीतर्फ एकजना र […]