नेपाल बार एशोसिएसनले स्वचालित पेशी प्रणाली कार्यान्वयन गर्न सुझाव दिएको प्रतिवेदन लागू गर्ने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र आउनुपर्ने ‘अल्टिमेटम’ दिएको छ ।
शुक्रवार बसेको बारको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी सर्वाेच्च अदालतको फूल कोर्ट र प्रधानन्यायाधीशको भएको ठहर गर्दै अल्टिमेटम दिएको हो ।
बैठकपछि बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रतिवेदन तत्काल लागू गराउने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्याय...