सिन्धुपाल्चोक : बैशाख मसान्तपछि वार्षिक परीक्षा सकेर विद्यालय गर्ने जिल्ला कोभिड १९ विपद् व्यवस्थापन समितिको निर्णय दुई दिनमै उल्टिएको छ। जिल्लामा कोरोना दिनप्रतिदिन फैलिँदै गएपछि बुधबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल लगायतलाई कोरोना संक्रमण भएपछि विद्यालय खोल्ने निर्णय उल्टाइएको हो। आज बसेको बैठकले बिहीबारदेखि गर्ने भनिएको सबै तहको परीक्षासमेत स्थगित गरेको छ। सिन्धुपाल्चोकमा वार्षिक परीक्षा सकेर मात्रै वैशाख मसा