तिथिको घटबढले भाेलि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।

सम्बन्धित सामग्री

आज कुकुर तिहार र धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।  लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।  लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।  आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।  आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औंसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिवारबाट शुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । रासस

यस्तो रह्यो अमेरिकामा नेपालीको लक्ष्मीपूजा

विजय थापा । अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिका नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री, दियो, कलस, फलफुल, मिठाई लगायत सामग्रीहरु नेपाली समुदायले जुटाएका छन् । अमेरिकामा भर्खर जाडो सुरु भएको र लक्ष्मी पूजा र कुकुर तिहार सोमबार परेकोले मंगलबार काममा पनि …

लक्ष्मीपूजा र दीपावलीकाे राैनक (तस्बिरहरू)

काठमाडाैं । तिहारकाे तेस्राे दिन आज घरघरमा दीपावली गरी लक्ष्मीपूजा मनाइएकाे छ । यस वर्ष कुकुर तिहार पनि आजै परेकाे थियाे ।  लक्ष्मीपूजाको अवसरमा माता लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई भित्र्याउन घर, पसलको मूल धोकामा विभिन्न किसिमको रंगोली बनाइ, घर, पसल तथा व्यापारिक कार्यालयहरू झिलिमिली बत्तीले उज्यालो बनाएको छ । यस दिन रमाइलो गरी...

भक्तपुरमा तिहारको रौनक, गरियो लक्ष्मीको आराधना

नेपालीहरुको महान पर्व तिहार जारी छ। मंगलबार ग्रहण परेकाले सोमबार एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाइएको छ । धनधान्याकी देवी लक्ष्मीको आराधना गरेर लक्ष्मीपूजा मनाइएको हो। लक्ष्मीको घरमा बसोबास होस् भन्ने कामनासहित विशेष दीपावली गर्ने प्रचलन छ। चार रात्रिमध्ये लक्ष्मीपूजाको दिनलाई सुखरात्रिका रुपमा पनि चिनिन्छ। भक्तपुरमा पनि सर्वसाधरणहरुले उल्लासका…

आज लक्ष्मीपूजा: घरघरमा दिपावली गरिंदै, आजै कुकुर तिहार पनि

काठमाडौं, कात्तिक ७ । आज तिहार घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ । प्रत्येक नेपालीले आज गाईको गोबरले घर लिपपोत गरी चिखो निधो गर्दछन् र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक घरघरमा लक्ष्मी भित्र्याउँछन् । लक्ष्मी धनकी देवी हुन् । तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । सफासुग्घर […]

लक्ष्मीपूजा पनि आजै

७ कात्तिक, काठमाडौं । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । नेपालीहरुको दोस्रो ठूलो चाड […]

तिहार सुरु भएसँगै बजारमा भीडभाड बढ्दो (फोटो फिचर)

काठमाडौँ- तिहार सुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो । आइतबार काग तिहार र  सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । मंगलबार गाईपूजा, बुधबार गोवर्द्धनपूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ […]

ध्यान दिनुस् यसरी गर्नुपर्छ घरको सफाइ - Naya Patrika

नेपालीको घर–आँगनमा तिहार भित्रिसकेको छ । पहिलो दिन काग तिहार मनाएका हिन्दू धर्मावलम्बीहरूले आज कुकुर तिहार मनाउँदै छन् । र, लक्ष्मीपूजा पनि भोलि नै मनाउँदै छन् । विशेषगरी, लक्ष्मीपूजाको आफ्नै...पूरा पढ्नुहोस् »