वन डढेलो नियन्त्रण सप्ताह सुरु

काठमाडाैं । ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवनप्रसाद पाठकले गर्नुभयो । डढेलो […]

सम्बन्धित सामग्री

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्नेलाई पुरस्कृत गरिने

अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रणमा उत्कृष्ट भुमिका निर्बाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौषममा डढेलो फैलिने भएपछि वन ढढेलो नियन्त्रणको लागि उत्कृष्ट भुमिका निर्बाह गर्ने वनका कर्मचारी,जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, संघ, संस्था, समुह र व्यक्ति लगायतलाई १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरेको डिभिजन गरिएको कार्यालयअर्घाखँचीका सहायक वन अधिकृत यादव […] The post अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्नेलाई पुरस्कृत गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाल्पामा वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सम्पन्न

पाल्पा । वन डढेलो नियन्त्रण गर्न पाल्पामा सप्ता हव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पाल्पामा विगतका वर्ष डढेलो लाग्ने वन क्षेत्रमा सरसफाईका साथै चेतनामूलक र्‍याली र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएकाे थियाे । यस वर्ष पनि यहि चैत १ गतेदेखि ७ गतेसम्म वन डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो । पाल्पामा वन डढेलो ९६ […]

वन डढेलो नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाको जोड

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) वन डढेलो नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समन्वय बैठक सम्पन्न भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह अन्तर्गत समन्वय बैठकसहित आगलागी नियन्त्रणको अभ्यास गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले म्याग्दीको कुल भूगोलको ६० प्रतिशत वनजङ्गल क्षेत्र भिरालो भएकाले […]

झापामा वन डढेलो नियन्त्रण सप्ताह सुरू

झापा । झापामा ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारबाट वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव–डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवन प्रसाद पाठकले गर्नुभयो । […]

सिन्धुलीमाडीका वनमा सधैं डढेलो

वन डढेलो नियन्त्रण जनचेतना सप्ताह सुरु गरेकै दिन सदरमुकाम सिन्धुलीमाडीकै सामुदायिक वनमा व्यापक डढेलो लागेको छ । डिभिजन वन कार्यालय सिन्धुलीले कमला सामुदायिक वनका उपभोक्तालाई भेला पारेर डढेलो नियन्त्रण सप्ताह सुरु गरेको छ । सामुदायिक वनमा लागेको डढेलोका कारण संरक्षित वन नष्ट हुने तथा नजिक रहेका घरगोठमा आगलागी हुने भन्दै स्थानीय त्रसित छन् ।

डढेलो नियन्त्रण गर्न पूर्व तयारी कार्यक्रम

कपिलबस्तुको तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिमा वन डढेलो नियन्त्रण दलदस्ताद्वारा अग्निरेखामा डढेलो नियन्त्रण गर्न पूर्व तयारी गरिएको छ । वनमा डढेलोबाट हुने क्षती रोक्न पूर्व अभ्यास थालिएको हो । गर्मीयाम सुरु भएसँगै वनमा हुने आगलागी नियन्त्रण गर्न सो साझेदारी क्षेत्रमा पूर्व तयारी गरिएको हो ।

वन डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकको व्यवस्था

महेन्द्रनगर – कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि यहाँका ६ वटा सब वन डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । यहाँको वन तथा राष्ट्रिय निकुञ्जमा गर्मीयाममा डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याउँदै आएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकृत शिवराज अवस्थीले डढेलो नियन्त्रणको पूर्वतयारी भइरहेको जानकारी दिए। उनले जिल्लामा रहेका सब वन […]

दाङमा डढेलो नियन्त्रणका लागि आठ ठाउँमा कम्पाेस्ट मल बनाउन सुरु

दाङ - दाङमा डढेलो नियन्त्रणका लागि वनबाट पात पतिङ्गर सङ्कलन गरी कम्पाेस्ट मल बनाउन सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङले डढेलो जोखिम क्षेत्रको पहिचान गरी आठ ठाउँमा कम्पाेस्ट मल बनाउन सुरु गरेको हो । वनमा रुखबाट झर्ने पातपतिङ्गर, स्याउला र सुक्खा घाँसका कारण बर्सेनि वनमा डढेलोकाे घटना बढेको भन्दै वन डढेलो नियन्त्रण र स्थानीय किसानको उत्पादनमा सहयोग गर्नका लागि कम्पाेस्ट मल बनाउने काम थालिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । वनमा खेरा गइरहेकाे वस्तु स...