वन डढेलो रोकथाम गर्न विशेष अभियान

मध्यविन्दु (नवलपरासी), १ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा वन डढेलो रोकथामका लागि आजदेखि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेपछि अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै यसबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना […]

सम्बन्धित सामग्री

डढेलो रोकथाम गर्न पूर्वतयारी

वन डढेलो रोकथामका लागि तनहुँमा विशेष अभियान सुरु गरिएको छ । यस जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालयले विशेष अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न चैत १ देखि ७ सम्म वन डढेलो सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो । सो कार्यक्रम अन्तर्गत गाउँ गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्य गरिएका छन् ।

वन डढेलो जोगाउन जनचेतना

पाल्पा । पाल्पामा गर्मी मौसम बढेसँगै वन डढेलो अत्यन्त जोखिम रहेकाले यसको नियन्त्रणमा विभिन्न प्रयासहरु थालिएको छ । डिभिजन वन कार्यालय पाल्पाले वनमा डढेलोबाट हुने क्षति र रोकथाम गर्न वन डढेलो जनचेतना सप्ताहव्यापी अभियान चलाएको छ । दश पालिका ८१ वटा वडाहरु मध्ये २७ वडा वन डढेलोको उच्च जोखिमा रहेका छन् । २९ वटा वडा […] The post वन डढेलो जोगाउन जनचेतना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डढेलो रोकथाम गर्न अन्तरक्रिया

लमजुङ । डिभिजन वन कार्यालय लमजुङले बिहीबार बेंसीशहरमा जिल्लास्तरीय वन डढेलो रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया गोष्ठी गरेको छ । जिल्लामा वन डढेलोका घटना हुन नदिन तथा घटना भइहालेमा अपनाउनुपर्ने सावधानीको पूर्वतयारीका लागि डिभिजन वन कार्यालयले गोष्ठी गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा भएको गोष्ठीमा डिभिजन वन […]