त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए ।
‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम चरणमा पुगेकोले पहिला यो सम्पन्न गराउँछौँ’, अधिकारीले शिलापत्रसँग भने, ‘पठनपाठनको हकमा परिस्थिति हेरेर केही दिनमा निर्णय गर्छौँ ।’