काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालयका सेवा ३ दिन बन्द हुने भएको छ।परीक्षा नियन्त्रकले शुक्रबार सूचना जारी गरी पुस ५-६ गते ४७ औँ दीक्षान्त समारोह आयोजनाका कारण सबै सेवा बन्द रहने जनाएको छ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी पुस ४, ५ र ६ गते सबै सेवा बन्द रहनेछन्।त्यसपछि फेरि सबै काम सुरु हुने छन्। त्रिविकाे दीक्षान्त समारोह परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे प्राङ्गणमा आयोजना हुने त्रिविले जनाएको छ।