सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारी किसानका लागि आएको गहुँ चोरी गर्दै गरेको अवस्थामा समातिएका छन् ।
छिन्नमस्ता गाउँपालिका वडा नम्बर–६ कोचाबखारीमा रहेको कृषि शाखामा लुकाएर राखिएको गहुँ त्यसै शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतोले चोरी गर्दै गर्दा समातिएका हुन् ।
महतोले विना प्रक्रिया गएराति ९ बजे गाडीमा गहुँ लोड गर्दैगर्दा स्थानीय बासिन्दाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित प्रहरीलाई जानकारी गराएका थिए । लगतै प्रहरी टोलीले गहुँको गाडीसहित चोरीमा संलग्न महतो र अरु तीन जनालाई पक्राउ गर...