सिराहामा मृत्यु भइसकेका २७ सयभन्दा बढीको नाम अझै मतदाता सूचीमा

स्थानीय तह निर्वाचन २०७४ पछि सिराहामा मृत्यु भएका तीन हजार चार सय ४८ जनामध्ये दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ । स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवको भनाइ छ । स्थानीय तहले पठाएको विवरणलाई आधार मानि नाम हटाएको तर पनि जनशक्ति र समय अभावले सबै नाम हटाउन नसकिएको प्रमुख यादवले जनाए । निर्वाचन कार्यालयको अद्यावधिक मतदाता सूचीलाई आधार मान्दा लहान नगरपालिकामा आठ सय १९, सिराहा नगरपालिक

सम्बन्धित सामग्री

खोटाङमा ९ सय ६० मतदाता घटे

खोटाङ : खोटाङमा ९ सय ६० मतदाता घटेका छन्। गत ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ।जिल्लामा स्थानीय तहको निर्वाचनमा १ लाख ४३ हजार ७५२ मतदाता रहेका थिए। गत असार १ गतेदेखि साउन १९ गतेसम्म सञ्चालन भएको मतदाता नामावली संकलन अभियानमा १ हजार २७५ नयाँ मतदाता पनि थपिएका थिए। केही समय अगाडि निर्वाचन कार्यालयले मृत्यु भएका, बसाई सरेका र डुप्लीकेसन भएका मतदाता कटाएकाले जिल्लाको मतदाता संख्या घटेको छ।अब आगामी ४ मंसिरमा

मतदाता नामावलीमा दोहोरिएका र मृत्यु भएकाको विवरण हटाउन एमाले रुपन्देहीको माग

काठमाडौँ- नेकपा एमालेले मतदाता नामावली विवरणमा दोहोरिएका तथा मृत्यु भएकाको विवरण हटाउन माग गरेको छ । रुपन्देही जिल्लामा मतदाता नामावली दोहोरो हुनुका साथै मृत्यु भएकाहरूको नामावलीसमेत मतदाताका रूपमा रहेको भएको भन्दै ती नामावली हटाउन माग गर्दै नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय भैरहवामा ज्ञापन पत्र बुझाएको छ । नेकपा एमाले बुटवल उपमहानगर पालिकाका अध्यक्ष किशन ज्ञवालीद्वारा […]

मतदाता नामावली अद्यावधिक गर्न आग्रह

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता नामवली अद्यावधिक (दाबी विरोध) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । निर्वाचन मिति घोषणा भइसकेपछि बिगतदेखि संकलन भएको मतदाता नामवलीलाई आगामी निर्वाचनमा समावेश गर्नको लागि मतदाता नामावली अद्यावधिक सम्वन्धी जानकारी गराइएको हो ।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्नका लागि मतदाताको बसाईसराइ, मृत्यु, […]

आजदेखि मतदाता नामावली संकलन

काठमाडौं : निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर्वाचन अघि स्थगन गरिएको मतदाता नामावली दर्ता फेरी आजदेखि शुरु गर्न लागेको आयोगले जनाएको हो। सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिनेछ भने अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ। आयोगका अनुसार मतदाता नामावलीमा दर्ता गराउनुका साथै यो समयमा मतदाता नामावाली विवरणमा भएका त्रुटि सच्याउन,

मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता

मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा देशव्यापी रूपमा करिब ४.५३ प्रतिशत मृतक मतदाता हुने अनुमान गरिएको छ ।निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ ह

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा १४ जनाको मृत्यु

काठमाडौँ-  स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा शुक्रबार दिउँसो १४ जनाको मृत्यु भएको छ।  घटनामा ११ जना घाइते भएका छन्।  मृत्यु भएकामध्ये १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए। प्रजिअ  पौडेलका अनुसार अहिले घटनास्थलमा उद्धार भइरहेको छ। घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ र गम्भीर घाइतेलाई पोखरा लगिएको छ।

मतदाता बोकेको गाडी दुर्घटना, १४ जनाको मृत्यु

कास्की, वैशाख ३० । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।

कञ्चनपुरमा १९ हजार मतदाता थपिए

कञ्चनपुरमा १९ हजार ८ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सच्याउनुपर्ने, नामावली कार्ड हराएका र मृत्यु भएकाको विवरण निर्वाचन आयोगमा पठाउने काम सम्पन्न गर्दैछ ।नौ पालिका रहेको जिल्लामा हालसम्म १८ वर्षमाथिका मतदाता दुई लाख ९७ हजार ३४१ रहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टले जानकारी दिइन् । “नामावली दाबी विरोधको अवधि सकिएपछि अहिले मृत्यु भएकाको विवरण सङ्कलन गरेर आयोगमा पठाउने काममा खटिएका छौँ ।” उनले भनि

मतदाता नामावलीमा चार वटा गाउँपालिकामा मृत्यु दाबी भएन

सिमकोट – जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने कार्यमा चार वटा गाउँपालिकामा मतदाता मृत्यु नै नभएको पाइएको छ। तीन वटा गाउँपालिकामा मतदाता मृत्युको दाबी आएर हटाइए पनि चार वटामा भने त्यस्तो दाबी नआएको पाइएको हो। ०७४ सालको निर्वाचनपछि कुनै पनि मतदाताको मृत्यु नभएको पाइएका गाउँपालिकामा नाम्खा, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिका छन्। जिल्ला निर्वाचन […]

चितवनमा मतदाता नामावली अद्यावधिक गरिँदै, ८६ हजार बढी मतदाता थपिने अनुमान

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ । निर्वाचनमा मतदान गर्न योग्य मतदाताको यकिन गर्न कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।निर्वाचन कार्यालयले दोहोरो परेका, नागरिकता त्यागेका, मृत्यु भएका, बसाईसरी गएका र त्रुटि भएका मतदाताको नामावली अद्यावधिक गर्न लागेको हो । २० देखि २६ फागुनसम्म मतदाताको नामावली अद्यावधिक गरिने निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।‘मतदाता नामावलीमा