मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता

मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा देशव्यापी रूपमा करिब ४.५३ प्रतिशत मृतक मतदाता हुने अनुमान गरिएको छ ।निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ ह

सम्बन्धित सामग्री

मतदाता नामावलीमा दोहोरिएका र मृत्यु भएकाको विवरण हटाउन एमाले रुपन्देहीको माग

काठमाडौँ- नेकपा एमालेले मतदाता नामावली विवरणमा दोहोरिएका तथा मृत्यु भएकाको विवरण हटाउन माग गरेको छ । रुपन्देही जिल्लामा मतदाता नामावली दोहोरो हुनुका साथै मृत्यु भएकाहरूको नामावलीसमेत मतदाताका रूपमा रहेको भएको भन्दै ती नामावली हटाउन माग गर्दै नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय भैरहवामा ज्ञापन पत्र बुझाएको छ । नेकपा एमाले बुटवल उपमहानगर पालिकाका अध्यक्ष किशन ज्ञवालीद्वारा […]

मतदाता नामावलीमा दाबी विरोधका लागि आयोगले दियो एक साताको समय

निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीमा दाबी विरोधका लागि एक साताको समय दिएको छ । आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले भदौ १२ देखि १९ गतेसम्मका लागि दावी विरोधको समय दिएको हो।  उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मत

मतदाता नामावली सङ्कलन र अद्यावधिक आजदेखि

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गरेको छ।सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिने आयोगले जनाएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्नेछन् ।आजदेखि मतदाता नामावलीमा नाम, ठेगाना, जन्ममितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा त्रुटि सच्याउने तथा कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाइने छ । विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।मतदाताले आफ्नो नाम रहेको मतदानस्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा सोहीबमोजिम स्थानान्तरण गर्न सकिनेछ । मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा पनि नामावलीे अद्यावधिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।विसं २०७३ माघ २० गतेभन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखितभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सार्न मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन् । निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्न सकिने आयोगले जनाएको छ ।मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाइँ सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनका लागि निवेदन लिन प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्था मिलाउने र यस्तो सूचनाको विवरणमाथि निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेश भएको प्रमाणबमोजिम र उजुरी नपरेमा सोहीबमोजिम निर्वाचन कार्यालयले नामावली अद्यावधिक गरिने प्रवक्ता शर्माले बताए ।मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति छिट्टै घोषणा हुने सम्भावना रहेको भन्दै आयोगले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ ।

आजदेखि मतदाता नामावली संकलन

काठमाडौं : निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर्वाचन अघि स्थगन गरिएको मतदाता नामावली दर्ता फेरी आजदेखि शुरु गर्न लागेको आयोगले जनाएको हो। सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिनेछ भने अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ। आयोगका अनुसार मतदाता नामावलीमा दर्ता गराउनुका साथै यो समयमा मतदाता नामावाली विवरणमा भएका त्रुटि सच्याउन,

‘मृतक मतदाता’को तथ्याङ्क भयावह

काठमाडौं, जेठ २९ । मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा […]

५ वर्ष अघि मृत्यु भएका व्यक्तिको नाम मतदाता सूचीमा

१० वैशाख, ओखलढुंगा । सुनकोशी गाउँपालिका– १ बलखु आम्बोटका रत्नबहादुर राईको २७ मंसिर २०७४ मा मृत्यु भएको थियो । उनको परिवारले वडा कार्यालयमा गएर २० पुस २०७४ मा मृत्यु दर्ता गर्‍यो । तर निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उनको नाम कायम भएर आयो । सिनं ११२५ मतदाता नं. ०९६१३०७४ […]

मतदाता नामावलीमा चार वटा गाउँपालिकामा मृत्यु दाबी भएन

सिमकोट – जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने कार्यमा चार वटा गाउँपालिकामा मतदाता मृत्यु नै नभएको पाइएको छ। तीन वटा गाउँपालिकामा मतदाता मृत्युको दाबी आएर हटाइए पनि चार वटामा भने त्यस्तो दाबी नआएको पाइएको हो। ०७४ सालको निर्वाचनपछि कुनै पनि मतदाताको मृत्यु नभएको पाइएका गाउँपालिकामा नाम्खा, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिका छन्। जिल्ला निर्वाचन […]

चितवनमा मतदाता नामावली अद्यावधिक गरिँदै, ८६ हजार बढी मतदाता थपिने अनुमान

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ । निर्वाचनमा मतदान गर्न योग्य मतदाताको यकिन गर्न कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।निर्वाचन कार्यालयले दोहोरो परेका, नागरिकता त्यागेका, मृत्यु भएका, बसाईसरी गएका र त्रुटि भएका मतदाताको नामावली अद्यावधिक गर्न लागेको हो । २० देखि २६ फागुनसम्म मतदाताको नामावली अद्यावधिक गरिने निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।‘मतदाता नामावलीमा

कर्णाली प्रदेशमा मतदाता नामावलीमा दाबी विरोध गर्न आयोगको आग्रह

निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ ।   यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदाताको नाम दोहोरिएको, फरक पर्न गएको, एकभन्दा बढी स्थानमा नाम आएको, मृत्यु भएकालगायत विभिन्न समस्या यह

पर्वतमा साढे सात हजार मतदाता थप

निर्वाचनको तयारीस्वरुप यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावलीमा दाबी विरोधलाई समय निर्धारण गरेको छ । जिल्लाका सातै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिन सकिने निर्वाचन अधिकारी शर्माले बताए ।