काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्न लिएका विराजभक्त श्रेष्ठ ६०७ मतसहित पहिलो स्थानमा रहेका छन्। यस्तै लौरो चुनाव चिह्नका सुमन सायमीले ५९१ मत ल्याएर दोस्रोमा छन्।