काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा
मतगणना क्रममा अन्य निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टी र ठूला दलबीच प्रतिस्पर्धा देखिएपनि काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टी बीच प्रतिस्पर्धा भइरहेको छ ।
काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) को वागमती प्रदेश संसदीय दलको नेतामा शैलेन्द्रमान बज्राचार्य चयन भएका छन् । आज बसेको पार्टी बैठकले बज्राचार्यलाई सर्वसम्मत चयन गरेको प्रवक्ता रोहन कार्कीले नेपाल प्रेसलाई बताए । बज्राचार्य काठमाडौं ८ (१) बाट प्रदेश सांसदमा प्रत्यक्ष निर्वाचित भएका थिए । वागमती प्रदेशमा समानुपातिक १ समेत गरी हाम्रो नेपाली पार्टीका […]
६ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा […]
काठमाडौं ८ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रतालाई निरन्तरता दिएका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।
५ मंसिर, काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ६२१ मत ल्याउँदा सायमीले ६०३ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका […]