आम्दानीको स्रोत बन्दै सिस्नो

केहीवर्ष अघिसम्म गाउँघरमा संगुरको चारो र गाईभैंसीको खोलेको रुपमा प्रयोग हुने सिस्नु हिजोआज शहरका भान्साको परिकार बन्न थालेको छ । सिस्नु उच्च रक्तचापसहित विभिन्न रोगको औषधी हुने थाहा पाएपछि यसको व्यापार शहरका डिपार्टमेन्ट स्टोरबाटै हुन थालेको हो । उदयपुर सदरमुकाम गाईघाटमा रहेका डिपार्टमेन्ट स्टोर र अन्य पसलहरुमा विक्रिका लागि राखिएको प्रसोधित सिस्नुले उचित बजार पाएपछि जिल्लाको पहाडी भेगमा पाइने सिस्नुको संरक्षण र प्रवद्र्धन गर्न थालिएको छ । सिस्नुले मानव स्वास्थ्यमा प्रत्यक्ष फाइदा पु-याउने भएकाले यसको संरक्षणका साथै बजार प्रवद्र्धन सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

महिलाको आम्दानीको स्रोत बन्दै ‘अल्लो’

फुङ्लिङ– ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो ग्रामीण क्षेत्रका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत सामग्री उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।  मैवाखोला गाउँपालिका–६ फागुम्बाका लाप्साङ शेर्पाले विगत १० वर्षदेखि अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्दै आएका छन्। पोपेबुङ […]

विद्यालयको आम्दानीको स्रोत बन्दै फूलखेती

धादिङको ज्वालामुखी गाउँपालिका– ५ कुमालटारीमा रहेको बालादेवी माध्यमिक विद्यालयवरपर फुलेको सयपत्री र मखमलीले ढकमक्क ढाकेको छ । विद्यालयका शिक्षक–विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत गरेको फूलखेती व्यावहारिक ज्ञानसँगै आम्दानीको स्रोत बनेको हो । अघिल्ला...

आम्दानीको स्रोत बन्दै करेला खेती

सुर्खेत – सुर्खेतको एक गाउँको करेला खेती किसानका लागि आम्दानीको स्रोत भरपर्दो देखिएको छ। यसअघि रोग किराको कारण राम्रोसँग नफल्ने करेला खेतीलाई किसानले जैविक खेती प्रर्णाली अवलम्बन गर्दा उत्पादनमा वृद्धि भएको हो। वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी गाउँका किसान रामबहादुर शाहीले जलबायु अनुकुलन अनुसारको खेती गर्दाको परिणाम गाउँमा करेला खेती राम्रो उत्पादन हुन थालेको जानकारी दिए। […]

‘वन क्षेत्रलाई रोजगारी–आम्दानीको स्रोत बनाउनुपर्छ’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताएका छन् । सामुदायिक वन दिवस–२०८० का अवसरमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविस्थित अल्छेचौरमा नेकपा (एमाले) वन तथा वातावरण विभागद्वारा आज आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा उनले वन क्षेत्रको सुरक्षा गर्दै यसको बहुआयामिक ढङ्गले उपयोग गर्नुपर्ने बताएका हुन् । […]

आम्दानीको स्रोत बन्दै च्याउखेती

घोराही– घोराही उपमहानगरपालिका-१८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लगेका छन् । सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गरेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन् ।  […]

फुर्केटारीको आम्दानीको स्रोत बन्यो महभिरको पानी

गण्डकी, ७ पुस । जङ्गलको बीच भागबाट निश्किएको महभिरको पानी फुर्केटारी सामुदायिक वनको आम्दानी बनेको छ । समूहको सक्रियतामा स्थापना गरी सञ्चालनमा आएको फुर्केटारी एक्युपेयर प्रशोधित पानी बजारमा बिक्री गरेर समूहले आम्दानीको स्रोतका रुपमा उपयोग गरेको हो । पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले साढे दुई वर्षअघि सुरु गरेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिमार्पmत […]

फुर्केटारीको आम्दानीको स्रोत बन्यो महभीरको पानी

जङ्गलको बीच भागबाट निस्किएको महभीरको पानी फुर्केटारी सामुदायिक वनको आम्दानीको स्रोत बनेको छ । समूहको सक्रियतामा स्थापना गरी सञ्चालनमा आएको फुर्केटारी एक्युपेयर प्रशोधित पानी बजारमा बिक्री गरेर समूहले आम्दानीको स्रोतका रुपमा उपयोग गरेको हो । पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले साढे दुई वर्षअघि सुरु गरेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिमार्फत खेर गएको पानीलाई समूहको पहलमा आम्दानीको स्रोतमा परिणत गरेको हो । खानेपानीको प्रयोजनका लागि झण्डै २० वर्ष

यसरी तयार पारिएको जिम्मु बेचेर यहाँका बासिन्दाले आम्दानीको स्रोत बनाएका छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१ धो उपल्लो डोल्पामा जंगलबाट संकलन गरी ल्याइएको जिम्मुलाई विभिन्न विधिबाट टुक्रा पारेर बजार लैजानका लागि तयारी गरिँदै । यसरी तयार पारिएको जिम्मु बेचेर यहाँका बासिन्दाले आम्दानीको स्रोत बनाएका छन् । तस्बिर : हेमन्त केसी

अन्नबालीबाट राम्रो कमाई नभएपछि तरकारी खेती मुख्य आम्दानीको स्रोत

तेह्रथुम- धनकुटाकाे महालक्ष्मी नगरपालिकाका किसानले तरकारी खेतीबाट मात्रै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन् । महालक्ष्मी-१ की रेनुका कटुवालले पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष ६ लाख आम्दानी लिने लक्ष्य उनले लिएकी छन् । परम्परागत अन्नबालीबाट राम्रो […]

कैदीका लागि कारागार बन्यो आम्दानीको स्रोत

दार्चुला, २४ असोज: दार्चुला कारागारभित्रका कैदीबन्दीको कारागार नै आम्दानीको स्रोत बनेको छ । कारागारभित्रै कदीबन्दीले सिलाई व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् । कारागार बाहिर हुँदा सिलाइ व्यवसाय गर्दै आएका गुरुदेव रानाको अहिले कारागारभित्रै सामान्यतया रु छ÷सात हजार आम्दानी हुने गरेको छ । आफूले बाहिर पसल सञ्चालन गर्दा चिनेका ग्राहक अहिले पनि भित्रै सिलाउन […]