जङ्गलको बीच भागबाट निस्किएको महभीरको पानी फुर्केटारी सामुदायिक वनको आम्दानीको स्रोत बनेको छ । समूहको सक्रियतामा स्थापना गरी सञ्चालनमा आएको फुर्केटारी एक्युपेयर प्रशोधित पानी बजारमा बिक्री गरेर समूहले आम्दानीको स्रोतका रुपमा उपयोग गरेको हो । पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले साढे दुई वर्षअघि सुरु गरेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिमार्फत खेर गएको पानीलाई समूहको पहलमा आम्दानीको स्रोतमा परिणत गरेको हो । खानेपानीको प्रयोजनका लागि झण्डै २० वर्ष