६७/६८ सालतिरको कुरा हो, मेरो फेसबूकको भित्तामा त्यसबेला काठमाडौँमा सञ्चालन भैरहेको ‘नेपाल युनाइट्स’ नाम दिइएको एक स्वतन्त्र नागरिक आन्दोलनको फोटो देखापर्यो। सायद उक्त तस्वीर साथीहरूबीच सेयर हुँदै त्यहाँ आइपुगेको हुनुपर्छ। म एकैछिन टक्क अडिएँ। यस अघि मैले विभिन्न दलहरूले नेतृत्व र समन्वय गरेका सानादेखि ठूलासम्म केही आन्दोलनहरू देखेकी थिएँ र केहीमा सहभागी बनेकी थिएँ। तर, पहिलोपटक हुनुपर्छ-सम्भवत: मैले यति ठूलो जमात देशको राष्ट्रिय झण्डा छातीमा टाँसेर