स्मृतिमा उज्ज्वल थापा : युवा नेता थापामाथि सद्भावनाको ओइरो !

यो साता समाजिक सञ्जालमा युवा नेता उज्ज्वल थापाको स्वास्थ्यस्थिति जनचासोको मुख्य विषय बन्न पुग्यो । मंगलबार मध्यान्ह अस्पतालले निधन घोषणा गर्नुअघि नै थापालाई कतिपयले श्रद्धाञ्जली दिन थालिसकेका थिए । यद्यपि, त्यसको तीन घण्टापछि दिउँसो ४ः२५ बजे मेडिसिटी अस्पतालले उज्ज्वल थापाको निधनलाई आधिकारिक घोषण गर्यो । मंगलबार साँझ परिवार र विवेकशील साझा पार्टीका सहकर्मीहरूको उपस्थितिमा थापाको […]

सम्बन्धित सामग्री

स्वर्गीय नेता थापा निवासमा प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गीय नेता उज्ज्वल थापा निवास पुगेका छन्। उनी घरदैलो अभियान अन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गीय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशीर्वाद लिएका छन्।  उनले मातापितासँग स्वर्गीय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई […]

‘नमस्ते, मेरो नाम उज्ज्वल थापा ! म नेपालीहरूको दिमाग घोच्ने काम गर्छु’

६७/६८ सालतिरको कुरा हो, मेरो फेसबूकको भित्तामा त्यसबेला काठमाडौँमा सञ्‍चालन भैरहेको ‘नेपाल युनाइट्‍स’ नाम दिइएको एक स्वतन्त्र नागरिक आन्दोलनको फोटो देखापर्‍यो। सायद उक्त तस्वीर साथीहरूबीच सेयर हुँदै त्यहाँ आइपुगेको हुनुपर्छ। म एकैछिन टक्क अडिएँ। यस अघि मैले विभिन्न दलहरूले नेतृत्व र समन्वय गरेका सानादेखि ठूलासम्म केही आन्दोलनहरू देखेकी थिएँ र केहीमा सहभागी बनेकी थिएँ। तर, पहिलोपटक हुनुपर्छ-सम्भवत: मैले यति ठूलो जमात देशको राष्ट्रिय झण्डा छातीमा टाँसेर

आफ्नै ऐनामा उज्ज्वल थापा

नमस्ते ! मेरो नाम उज्ज्वल हो । म नेपालको राजनीतिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि चाहिने नेतृत्वहरु बनाउँदै छु। हाम्रो देशका लागि मेरो दूरदर्शिता यहाँ पढ्नुहोस्। धन्यवाद ! यो रह्यो मरो छोटकरीमा कहानी। सारांशमा भन्नुपर्दा म एस्ट्रो-फिजिक्स पढ्न अमेरिका गएको मान्छे, एक वेबसाइट बनाउने डिजाइनर (कलाकार) भएर फर्कें । […]

अल्पायुमै अस्ताए वैकल्पिक राजनीतिका सूत्रधार

१८ जेठ, काठमाडौं । पार्टी जत्रोसुकै होस्, नेपाली राजनीतिज्ञहरु आफूले पाएको पद सितिमिति गुमाउन चाहँदैनन् । राजनीतिबाट ‘अवकाश’ भन्ने शब्द सुन्न पनि विरलै रुचाउँछन् । उज्ज्वल थापा भने नेपाली राजनीतिका एक अपवाद पात्र हुन् । अमेरिकाबाट फर्किएर परिवर्तनका लागि ‘हामी नेपाली एक’ भन्ने अभियान चलाएका थापाले आफू जस्तै युवाहरू मिलेर ‘विवेकशील नेपाली दल’ स्थापना गरे […]

अमेरिका छाडेर देश बनाउने सपना बोकेर आएका थिए उज्ज्वल

काठमाडौं, १८ जेठ । उज्ज्वल थापा १९ वर्षकै उमेरमा खगोलविद् बन्ने सपना बोकेर अमेरिका छिरेका थिए । बुढानिलकण्ठ स्कुलका उत्पादन थापालाइ छात्रवृत्ति मिलेको थियो । कलिलो उमेरमा अमेरिका प्रवेश गरेका उनी मल्टिीमिडिया डिजाइनर बने । उनी भिक्षु बन्ने सोचमा समेत पुगेका थिए । तर, पछि उद्दमी बने । अमेरिकामा आइटीमा राम्रो अवसर पाएका थिए । […]

उज्ज्वल थापाको कोरोना नेगेटिभ, जटिल स्थितिमा उपचार जारी

काठमाडौं, १७ जेठ । कोरोना भाइरसको संक्रमणबाट विवेकशीलका पूर्वअध्यक्ष उज्ज्वल थापा मुक्त भएका छन् । तर, उनको अवस्था अझै जटिल रहेको विवेकशीलका संयोजक मिलन पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएपनि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेको छ । अहिले उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार जारी रहेको उल्लेख छ ।

मानिसको सद्भाव ओइरिएका उज्ज्वल थापा

थापाको व्यक्तित्व सरल र शालिन छ। कुनै तामझाम छैन। उनी सार्वजनिक रूपमा धेरै देखिँदैन थिए, तर धेरै मानिसका मनमा बसेका थिए। अहिले उनको पक्षमा उर्लिएको सद्भावले त्यही कुरा झल्काएको छ।

चुनावको मुखैमा विवेकशील साझाका संयोजक उज्ज्वल थापा महिलाको भेषमा, कारण यो रहेछ

काठमाडौं । उज्ज्वल थापा अर्थात विवेकशील साझा पार्टीका काठमाडौं क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार । विवेकशील साझा पार्टीका संयोजकसमेत रहेका थापा आज...

साझा र विवेकशील पार्टी एक भए : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने

पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल बीच एकता भएको छ। पार्टीको नाम ‘विवेकशील

साझा र विवेकशील पार्टीको एकता घोषणा भोलि

पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच बुधबार एकता हुने भएको छ। दुवै पार्टीले